Thursday, June 11, 2015

taplejung landslide ताप्लेजुङमा भिषण पहिरो भिडिओ सहित हेर्नुहोस

0 comments
           
जेष्ठ २८, ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर २१ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ३६ जना वेपत्ता भएका छन् ।  पहिरोमा ज्यान गुमाउने यी हुन् पहिरोमा परी ज्यान गुमाउनेमध्ये २१ जनाको शव भेटिएको छ । मृतकहरुमा खोक्लिङ-७ का १३ वर्षीय सबिन मादेन, खोक्लिङ-५ का १८ वर्षीया मनकुमारी लामघाते, सोही स्थानका १२ वर्षीय बसन्त रसाईली, लिङतेप-३ की ३१ वर्षीया मनमाया लिम्बु र लिङ्तेप-७ का ४२ वर्षीय भिमबहादुर केदेम लिम्बु रहेका छन् ।  त्यसैगरी सोही स्थान कि ३ वर्षीया चमेली केदेम लिम्बू, लिङतेप-५ का उमेर नखुलेका सन्तमान लिम्बू, लिवाङ-३ का उमेर नखुलेका भक्तजन लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी मनमाया लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी पञ्चमाया लिम्बू र लिवाङ-३ का उमेर नखुलेका शैलेन्द्र लिम्बू रहेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार लिवाङ-३ की उमेर नखुलेकी चितमाया लिम्बू, लिवाङ-३ बस्ने लक्ष्मीमाया लिम्बू, सान्थाक्रा-३ का ७२ वर्षीय अमरध्वज लिम्बू, सोही स्थान बस्ने १० वर्षीय बिरुन चोङवाङ रहेका छन् । त्यसैगरी थुकिम्बा-४ का १० वर्षीय बिरु लिम्बू, सान्थाक्रा-३ का ७५ वर्षीय फेर्नेमा कान्छा, थिङलाबु-६ की उमेर नखुलेकी मनकुमारी लिम्बू, सोही स्थान बस्ने ७५ वर्षीय रिन्जी शेर्पा, २७ वर्षीया रनु लिम्बु र ७ वर्षीया सिता लिम्बु रहेका छन्। पहिरोमा परी घाइते भएकाहरु पहिरोमा परेर खोक्लिङ-७ बस्ने ९ वर्षीय पुजन आङसाङ्बो, सोही स्थान बस्ने २२ वर्षीय बलबहादुर कामी, लिङतेप-७ बस्ने ४२ वर्षीया टंकमाया लिम्बू, लिबाङ-५ बस्ने ३० वर्षीय मदन लिम्बू र सोही गाविस-३ बस्ने १९ वर्षीय रोहित लिम्बू रहेका छन् । त्यसैगरी लिवाङ-१ बस्ने ३० वर्षीया सुकमाया थाम्सोहाङ, सोही गाविस-५ बस्ने ६५ वर्षीय रुद्र लिम्बू, र वडा १ बस्ने ८ वर्षीय अर्जुन लिम्बू गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site