Wednesday, July 1, 2015

नेपाल प्रहरीले जस्तै शसस्त्रले नि अपराधि पक्रन पाउने

0 comments
आषाढ १५ । सशस्त्र प्रहरीबलले अपराधि पक्रन पाउने अधिकार दिने "संसद्को राज्य व्यवस्था समितिले आफूले अन्तिम टुंगो नलगाएसम्म निर्णय नगर्न दिएको निर्देशन विपरित" नियमावली मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ ।
     अब समितिले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि सशस्त्र प्रहरीले आशंकित व्यक्तिलाई सूचना दिएर पक्राउ गर्न सक्नेछ ।
     समितिले गृहमन्त्रालयबाट प्रस्तावित सशस्त्र प्रहरी नियमावली २०७२ लाई परिमार्जनसहित अनुमोदन गरेको हो ।
     गृहले प्रस्ताव गरेको नियमावलीमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पक्राउ गर्दा सशस्त्र प्रहरी अधिकृतले पक्राउ पूर्जी नै बोकेर जाने व्यवस्था थियो ।
    समितिबाट पारित नियमावलीमा भने सशस्त्र प्रहरी बलले लिखित सूचना दिएर पक्राउ गर्न सक्ने व्यवस्था राखिएको बताइएको छ ।



0 comments:

Like us

 

Search

 
Enjoy the site