Wednesday, July 1, 2015

प्लास्टिकबाट बनेको चामल

0 comments
       चीनमा उत्पादन हुने उक्त प्लास्टिकको चामल भारतका साथै सिंगापुर, इण्डोनेसिया तथा भियतनाम सम्म निर्यात भैसकेको बताइएको छ । यद्यपि सिंगापुरको स्ट्रेट्सटाइम अनलाइनले भने प्लास्टिकको चामल सिंगापुर आइनपुगेको जनाएको छ ।
     पछिल्लो केही वर्षदेखि चीनमा प्लास्टिकबाट चामल उत्पादन गर्ने गरिएको र त्यस्तो अखाद्य चामललाई सामान्य चामलमा मिसाएर बिक्रि गर्ने गरिएको पाइएको छ । सामान्य चामलमा मिलाएपछि प्लास्टिकको चामललाई पहिचान गर्न तथा छुट्टाउन गाह्रो हुन्छ ।
      यस्तो चामल सेतो प्लास्टिकबाट बनाउने गरिन्छ । यो चामल पानीमा पकाउँदा तुरुन्तै गल्दछ, असली चामलजस्तै गरी पाकेर भातको सिता जस्तै बन्दछ । फरक यत्तिमात्र हो की असली चामलको भात खाइसकेपछि सरीरमा पोषक तत्व प्रदान गर्न भने यो चामलको भात खानु भनेको एउटा ठूलो पोलिथिनको झोला खाए बराबर हो, जुन हानिकारक हुन्छ ।
     समाचार अनुसार चीनको शान्जी प्रान्तस्थित ताइयुआनमा सबैभन्दा धेरै प्लास्टिकको चामल उत्पादन तथा बिक्रि हुने गरेको छ । स साना पसलेहरुले धेरै नाफा कमाउनका लागि यस्तो चामलको अत्यधिक मात्रामा खरीद बिक्रि गर्ने गरेका छन्. ।
     यसैबीच प्लास्टिकको अखाद्य चामल उत्पादन भैरहेको समाचार सार्वजनिक भएसँगै चीन सरकारले यसबारेमा चासो देखाएकेा छ । घरेलु व्यापार सम्बन्धी मन्त्री हसन मलिकले यो विषयमा छानविनको आदेश दिएका छन् ।
     प्लास्टिकको चामल उत्पादन भैरहेको एक कारखानाको भिडियो हालै सार्वजनिक भएपछि त्यो इन्टरनेटमा भाइरल बनेको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site