Saturday, July 4, 2015

कोपा अमेरिका २०१५ पेरुले पाराग्वेलाई हराइयो

0 comments

     पेरुले पाराग्वेलाई हराँउदै कोपा अमेरिका फुटबलको तेस्रो स्थान सुरक्षित गरेको छ । चिलीमा जारी प्रतियोगिताको शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा पेरुले पाराग्वेलाई २–० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । 
    पहिलो हाफ गोलरहित बराबरीमा सकिंदा पेरुले दोस्रो हाफपछि दुई गोल गरेको हो । खेलको ४८औं मिनेटमा आन्द्रो क्यारीलोले गोल गर्दै पेरुलाई १–० को अग्रता दिलाए ।
    अन्तिम समय अर्थात ८९औंं मिनेटमा होजे पावलो गुरेरोले एक गोल थप्दै पेरुलाई जिताए ।  प्रतियोगिताको पहिलो उपाधिका लागि नेपाली समय आइतबार बिहान१:४५मा आयोजक फाइनल खेल चिली र अर्जेन्टिना भिड्दै छन् ।
    हालसम्म उपाधि विहिन चीली घरेलु मैदानमा पहिलो उपाधि जित्ने सुरमा छ । १४ पटकको चयाम्पियन अर्जेन्टिना २२ वर्ष पछि १५ औं उपाधिको खोजीमा छ ।  यी दुइबीचको खेल निकै रोचक हुने अनुमान छ । कोपा अमेरिका फुटबल अमेरिकी महादेशकै ठूलो र सर्वाधिब रुचाइएको फुटबल प्रतियोगिता हो ।

0 comments:

Like us

 

Search

 
Enjoy the site