Saturday, July 4, 2015

बेबिलोन डिस्कोमा गोलि चल्यो

0 comments
        असार 20-गएराती बिहानको १ बजेनिरा महानगरीय प्रहरी अपराध महाशाखाबाट गएको प्रहरी टोलीले सुन्धारास्थित बेबिलोन डिस्कोमा एक फरार कैदी सन्की भनिने रावणजीत तामाङलाई गोली हानेको हो ।
      लागु औषधी ओसारपसार तथा अपहरण कान्डमा सिन्धुपाल्चोक जिल्ला अदालतले १० वर्ष कैद तोकेको फरार अपराधि तामाङ भूकम्प प्रभाबित जिल्ला सिन्धुपाल्चोकको हो ।  कारागार ध्वस्त भएपछि तामाङसहित त्यहाँबाट २ सय १६ कैदी भागेका थिए। २०६८ साल असारमा आफूलाई पक्राउ आउने एक सइलाई मराणासन्न हुनेगरि पिटेका थिए । उनी उपत्यका हप्ते उठाउने कार्यमा समेत संलग्न रहेको प्रहरीको भनाइ छ । तामाङसँगै भक्तपुरका उमेश श्रेष्ठ पनि पक्राउ परेका छन् ।
      महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालका अनुसार प्रहरीले  राति डिस्कोमा छ तामाङ भन्ने जानकारी पाएपछि पक्राउ गर्न सुन्धारा पुगेको थियो । प्रहरी आएको थाहा पाउने वित्तिकै अन्य समूह सहित  भाग्ने क्रममा प्रहरीमाथि  हातपात गरेपछि प्रहरीले गोली हानेको ठोकेको थियो ।
उनलाई घुडा र घुडामुनि ३ वटा गोली हानिएको छ ।तामाङको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
     गुन्डाहरुलाई पक्राउ गर्ने अभियान अन्‍तर्गत अपराध महाशाखाको टोलीले उनीहरुलाई विशेष निगरानी गर्दै नियन्त्रणमा लिँदै आइरहेको छ ।महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक खनालक अनुसार पक्राउ गर्न खोज्दा उल्टो प्रहरीमाथि हातपात गरि भाग्न खोजेकोले बाध्य भएर गोली चलाउन परेकोकुरा भन्नु भएको छ।

0 comments:

Like us

 

Search

 
Enjoy the site