१६ असार, कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन नेकपा (एमाले) भित्रै दबाब बढेको छ ।कृषिमन्त्री मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरुपमा महिलामाथि दुव्र्यवहार गरेको समाचार सञ्चार माध्यममा आएपछि उहाँलाई सरकारबाट फिर्ता बोलाउन नेकपा (एमाले) भित्रै दबाब बढेको तथा पदबाट बर्खास्तको माग उठेको छ।
पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री पदमा रहेर पार्टीको शिर गिराउने काम गरेकाले तत्काल कारबाहीका लागि नेतृत्वलाई ध्यानाकर्षण गरिएको राससलाई बताउनुभयो । आजको व्यवस्थापिका–संसदमा अन्य पार्टीका सभासद्ले पनि मन्त्री पराजुलीको आलोचना गरेका थिए ।
एमालेका पदाधिकारीले पनि नेतृत्वलाई तत्काल निर्णय लिन सुझाएका छन् भने अन्य सभासद्हरुले अध्यक्ष केपी ओलीलाई प्रमुख सचेतक अग्निप्रसाद खरेलमार्फत् ध्यानाकर्षण गराउनुभएको थियो ।
उपाध्यक्ष शाक्यले भन्नुभयो, “मन्त्रीले नै त्यस्तो गरेपछि पार्टीभित्रका र आम महिला कसरी सुरक्षित हुने भन्ने प्रश्न उठेको छ, के पार्टीमा अन्य छवि भएका र योग्य व्यक्ति छैनन् र ?”

0 comments:
Post a Comment