Tuesday, July 14, 2015

अनिश खालिङ भाइ पैसाको लोभ नगर

0 comments
कमाउन बिदेश गएको एउटा नेपालीको छोरा हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएर जेलमा आफ्नो अन्तिम दिनहरू गन्दै बसिरहेको छ।
पीडित परिवारलाई ब्लड मनि तिर्न सके सजाय छुट भई नेपाल फिर्ता भएर आए सानी डेढ बर्षकी छोरीले बाबुको अनुहार देख्न पाउँने भन्दै उनकी श्रीमतीले मिडियामा गरेको बिलौनाले सारा नेपालीहरुको मन दुख्यो।
 अन्जानमा भएको भनिएको पाकिस्तानी नागरिकको हत्या अभियोगमा युएईमा मृत्युदण्डको सजाय सुनाइएका संखुवासभाका अनिश खालिङ राईलाई मृत्युदण्डबाट जोगाउन उनीद्वारा हत्या गरिएका पाकिस्तानी नागरिकको परिवारलाई ‘ब्लड मनि’ स्वरुप एकासी लाख दिइनुपर्ने र सामान्य आर्थिक अवस्थाका घर- परिवार पाल्न बिदेशमा मजदुरी गर्न गएका उनको परिवारसँग त्यति ठूलो रकम नभएको भन्दै बिभिन्न माध्यममा उनको परिवारले आग्रह गरेपछि देश बिदेशमा रहेका नेपालीहरुले उनलाई बचाँउन पर्छ भन्दै सहयोग रकम जुटाउन थाले।
 बिभिन्न देशमा अभियान नै सन्चालन भयो। अभियान थालेको केहि महिना भित्रै चाहिने एकासी लाखभन्दा चार गुणा बढी ३ करोड भन्दा धेरै रकम जम्मा भयो।
 तर, हामी नेपालीहरुले उठाएको त्यो रकम ‘ब्लड मनि’ तिर्न काम लागेन । कसैले उनको ब्लड मनि पहिल्यै तिरिदिइसकेको हुनाले, उनी कैद मुक्त भइ केहि दिन अगाडि नेपाल फर्किए।
 एउटा गरिब नेपालीको छोरो बिदेशी भूमिमा मर्नबाट जोगियो सारा नेपालीहरु खुसी भए।
 उनी पनि नयाँ जीवन पाइ नेपाल फर्किएर आए र आफ्नो परिवारसँग रमाउँदै छन्।
 तर, अहिले आएर उनलाई बचाउँन भनेर जम्मा गरिएको रकम उनको नाउँमा ट्रस्ट खोल्ने रे भनेको सुन्दा हामी अचम्ममा परेका छौं। र दुःखी भएका छौं। सकेको सहयोग हामीले पनि गरेको थियौं। तर अचानक ट्रस्टको कुरा सुन्दा मन खल्लो भएको छ।
 कुन हैसियतमा किन र कसरी अनिशले हामीले जम्मा गरेर दिएको पैसाले ट्रस्ट खोल्ने? उनलाई जीवन यापन गर्न सजिलो होस् र नेपाल फर्किए पछि ट्रस्ट खोलेर जागीर खान त्यो पैसा हामिहरूले उठाँएर दिएको कदापि थिएनौं। उनी हट्टाकट्टा ज्यान बोकेर नेपाल फर्किएका छन्। जवान छन्, पाखुरा बलियो र मान्छे हेर्दा खाइलाग्दो देखिन्छन्। न उनलाई गुजारा चलाँउन त्यो रकम दिन आवश्यक छ? न उनले त्यो पैसाले ट्रस्ट खोल्ने अधिकार राख्छन्?
उनलाई काम गरेर परिवार पाल्ने बाटो बन्द भएको पनि छैन।
 उनी जेलभित्र मृत्यु कुरेर बस्दाको पीडा अहिले जेल मुक्त हुने बित्तिकै कसरी बिर्सिए। खोला तर्‍यो लौरो बिर्सियो भने जस्तो उनले गर्न मिल्छ? उनले जेल मुक्त भएर नेपाल फर्किसकेपछि आफ्नो ज्यान बचाँउन सहयोग रकम जुटाउने सम्पूर्णलाई धन्यबाद दिँदै , त्यो बाँकि रहेको सम्पूर्ण पैसा इमान्दारीताका साथ सरकारलाई बुझाउन पर्ने थियो।
 उनी जस्तै विनाकसुर र भबितब्यमा कसैको हत्या हुँदा मृत्युदण्डको सजाँय कुर्दै बसेका थुप्रै नेपालीहरु बिदेशी जेलमा छन् । त्यो पैसा उनीहरूलाई काममा आउँन सक्छ।
 अझ उदेक लाग्दो कुरा उनलाई बचाउन दौडधुप गर्दा बीस लाख भन्दा बढि रकम खर्च भयो रे? त्यत्रो रकम कहाँ र कसरी किन खर्च भयो? बीस लाखले अमेरिका प्लेनमा बीस चोटि ओहोरदोहर गर्न पुग्छ। सत्य तथ्य कुरा के हो तुरुन्त छानबिन गरेर त्यो पैसा सरकारी कोषमा दाखिला गर्नुपर्छ। र बिदेशमा आपतमा परेका अन्य नेपालीलाई सहयोग गर्नुपर्छ।
 याद रहोस् यदि अनिश खालिङ राईलाई बचाउन जम्मा भएको पैसा हिनामिना भयो र त्यो पैसाले ट्रस्ट खोलियो भने, आउँने दिनहरुमा बिदेशमा कुनै नेपालीलाई दुःख आपत पर्दा अर्को नेपालीले सहयोग नगर्ने दिन आँउन सक्छ। जसरी अनिशलाई बचाउँन एकजुट भए नेपालीहरू त्यसै गरी फेरि एकजुट नहुन सक्छ्न्।
 अनिश भाइ आफू जेल बस्दाको पीडा महसुस गर। ति भयानक कहालीलाग्दा दिनहरू सम्झ। पैसा नै सबैथोक होइन। मानवता देखाउ परिश्रम गर, तर त्यो पैसामा आँखा नलगाऊ। त्यो पैसाले धेरैको ज्यान बच्न सक्छ।

0 comments:

Like us

 

Search

 
Enjoy the site