Monday, July 27, 2015

जापानमा जहाज बाक्लो बस्तीमा खस्दा ठूलो जनधनको क्षति

१० श्राबन - कहिले काहीं मानिसले कल्पनै नगरेको दुर्घटनाका दृश्य देखिन्छ । यस्तो दृश्य विश्वमा बेलाबेलामा देखिन्छ । यस्तोमा पर्दछ हवाईजहाज दुर्घटना । हवाईजहाज घना बस्तीमा खस्दा ठूलो जनधनको क्षति हुन पुग्दछ । यस्तै दुर्घटना जापानको राजधानी टोकियोमा आइतबार बिहान भएको छ ।

समाचार अनुसार जापानको राजधानी टोकियोस्थित चोफू विमानस्थलबाट उडेको ५ सिटे एक इञ्जिनवाला सो जहाज टोक्योको बाक्लो बस्तीमाझ खसेको थियो । सो दुर्घटनामा कम्तिमा तीनजनाको ज्यान गएको छ । दुर्घटनामा जहाजका तथा बस्तीमा थप ५ जना मानिस गम्भीर घाइते भएका थिए ।

जहाज खसेको स्थानमा तीनवटा घर र कारमा पनि आगो लागेको थियो । दुर्घटना एयरपोर्टबाट ५ सय मिटरको दुरीमा भएको हो । दुर्घटनामा दुर्इजना जहाजका यात्रु र एक जमिनमा रहेकी महिला रहेकी छन् । पाँचजना घाइतेहरुको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनामा परेको जहाजमा कति यात्रु थिए भन्ने अझै एकिन भएको छैन । दुर्घटनाको कारण पनि खुल्न नसकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।



video

Like us

 

Search

 
Enjoy the site