Monday, July 27, 2015

नुवाकोट र रसुवाका ३७ विद्यालयहरुलाई यशोदादेवी भगवानसिंह ट्रस्टको नगद सहयोग (नामावलीसहित) -

काठमाडौं । बरिष्ठ समाजसेवी दम्पत्ती स्वर्गीय  भगवाननरसिंह केसी तथा उहाँकी धर्मपत्नी स्वर्गीय यशोदादेवी केसीको स्मृतिमा स्थापना गरिएको यशोदादेवी भगवानसिंह सिंह मेमोरियल ट्रस्ट एवं बृद्धाश्रमले नुवाकोट र रसुवाका ३७ विद्यालयलाई आज नगद राहत वितरण गरेको छ । गत बैशाख १२ गते गएका विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पु-याएका रसुवा र नुवाकोट ३७ विद्यालयलाई आज प्रति विद्यालय ४० हजारका दरले सहयोग रकम वितरण गरिएको छ । नुवाकोटको सदरमुकाम विदुरमा गरिएको एक विशेष कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवं सभासद् अर्जुननरसिंह केसीले सम्बन्धित विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधीलाई चेक मार्फत् सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

अमेरिकामा बस्ने नेपालीहरुमध्ये करिब १ सयजनाबाट र बेलायतमा बस्ने केही नेपालीहरुले भूकम्पपीडितहरुको लागि सहयोग स्वरुप ट्रस्टका सदस्य अमेरिकाबासी धनञ्जयनरसिंह केसीमार्फत ट्रस्टमा पठाएको १९ लाख ८२ हजार रुपैयाँ रकम राहत स्वरुप वितरण गरिएको हो । सो रकम मध्ये ४ लाख रुपैयाँ भने यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकिएको छ । राहत रकम वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख संरक्षक केसीले आफ्ना स्वर्गीय बुबाआमाको समाजसेवी भावनालाई सम्मान गर्दै आफूहरुले यो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

उहाँले अप्ठेरो परेमा समाजसेवाका लागि ट्रस्ट चौविसैघण्टा तयार रहेको आफूहरुलाई जानकारी मात्रै आवश्इक भएको बताउनुभयो । उहाँले यसअघि संस्थामार्फत नुवाकोटका ३ वटै निर्वाचन क्षेत्रका अधिकांश विद्यालयलाई पुग्नेगरी केही समय अघि करिब १५ सय बण्डल जस्ता पाता र अहिले नगद रकम सहयोग गरिएको जानकारी दिनुभयो ।

यस्तै संस्थाका महासविच जगदिश्वर नरसिंह केसीले राहत विशुद्ध समाजसेवा भएकोले यसलाई राजनीतिक रंग दिन नहुने बताउनुभयो । उहाँले समाजसेवाका क्षेत्रमा आफूहरुले महाभूकम्पपछि ट्रस्ट मार्फत विभिन्न कार्यक्रम गरेको भन्दै आउँदा दिनमा पनि यस्ता समाजसेवी कार्यक्रम निरन्तर जारी राख्ने बताउनुभयो । यस्तै ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले संस्थालाई आउँदा दिनमा अझै सशक्त र प्रभावकारी रुपमा समाजसेवाका क्षेत्रमा लगाउने बताउनुभयो । उहाँले राहत रकम उपलब्ध गराईदिने अमेरिका र बेलायतबासी नेपाली दार्जुभाई तथा दिदी बहिनीलाई विशेष धन्यावाद दिनुभयो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष प्रमिला केसी, सदस्य रेखा केसीलगायतको उपस्थिति रहेको थियो । यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी, डिएसी, शिक्षक संघका प्रतिनिधि, विद्यालयका अभिभावक, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थिति रहेको थियो । उहाँहरुले एउटा परिवारले आफ्ना दिवंगत बुबाआमाको स्मृतिमा कडा गरेको ट्रस्टले यतिधेरै समाजसेवा गर्नु सराह्रनीय काम भएको प्रतिक्रिया दिनुभएको थियो ।

यस्तै सहयोग रकम प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राप्त भएको रकमलाई विद्यालयको भौतिक निर्माणका लागि खर्च गर्ने भन्दै कुनै हालतमा रकम दुरुपयोग हुन नदिने स्पष्ट पार्नुभएको थियो ।

४०  हजार नगद रकम प्राप्त गर्ने विद्यालयहरु :
१) कल्याणी उच्च मावि जिलिङ्ग
२) महादेव उच्च मावि रातमाटे
३) निरञ्जना उच्च मावि बेलकोट
४) शक्ति उच्च मावि मदानपुर
५) महेन्द्रमावि चतुराले
६) जनज्ञान उच्च मावि थापा गाउँ
७) समुद्रा मावि समुद्रादेवी
८) बचला निमावी महाकाली
९) स्याउरेभूमि मावि शिक्रे
१०) रामायणछाप मावि लिखु
११) भूमिदेवी मावि तलाखु
१२) शिवालय मावि ओखरपौवा
१३) कालिका मावि चाउथे
१४) विरेन्द्र मावि कुमरी
१५) भृकुटी मावि मदानपुर
१६) चन्दामावि मदानपुर
१७) उदय जालपा मावि थप्रेक
१८) बचला मावि शिखरबेसी
१९) अमरज्योति मावि खरनीटार
२०) गणेश मावि गणेशस्थान
२१) शान्ति कल्याणमावि गेर्खु
२२) विपी स्मृति प्रावि बागेश्वरी
२३) कालिका मावि कलिलास
२४) पृथ्वी मावि विदुर
२५) ग्रामिणदेवी मावि सामरी
२६) जलपा निमावी दाङ्गसिंङ्
२७) भमरा निमावी गोस्याङ्ग
२८) चण्डी मावि बुधसिंह
२९) मिपलटारमावि तारुका
३०) भूमेस्थान मावि बेतिनी
३१) ज्ञानज्योति उमावि फिकुरी
३२) कैकेश्वरी मावि राउतबेसी
अन्य ५ विद्यालयको नाम प्राप्त हुन बाँकी छ ।
श्रोत :९ श्राबन जनकपुर डट कम

Like us

 

Search

 
Enjoy the site