Friday, July 24, 2015

नासाले पृथ्वीजस्तै अर्को ग्रह पत्ता लगाएको छ

0 comments

पृथ्वीबाट करिब १४ सय प्रकाशवर्ष टाढा पृथ्वीजस्तै अर्को ग्रह भेटिएको छ । अमेरिकी अन्तरीक्ष नियोग नासाले केप्लर टेलिस्कोपको मद्दतले यस्तो ग्रहका बारे पत्ता लगाएपछि वैज्ञानिकहरु उत्साही बनेका छन् । यसको नाम केप्लर ४५२ बी दिइएको छ । जुन पृथ्वीभन्दा ६० प्रतिशत ठूलो छ । यहाँ पृथ्वीमाजस्तै जीवनको अस्तित्व हुनसक्ने अनुमान पनि गरिएको छ । यहाँ ३ सय ८५ दिनको एक वर्ष हुने गरेको छ अर्थात् उसले सूर्यजस्तै आफ्नो तारालाई एक परिक्रममा गर्न ३ सय ८५ दिन लगाउने गर्दछ । नासाका वैज्ञानिक जोन जेन्कीनका अनुसार यो पृथ्वीभन्दा ठूलो छ र पृथ्वीभन्दा पुरानो पनि हो । यसले पृथ्वीमा आगामी दिनमा आउनसक्ने सम्भावित प्राकृतिक परिवर्तनको अध्ययन गर्न समेत सघाउ पुग्नेछ । सन् २००९ मा थालिएको यस अभियान अन्तर्गत अन्य केही पृथ्वीजस्तै ग्रहहरु पनि भेटिएका छन् तर तिनीहरु भने या त त्यसको केन्द्रमा रहेको सूर्यबाट निकै नजिक छन् या पृथ्वीभन्दा धेरै ठूला छन् जसका कारण तापक्रम बढी छ । यसैले त्यहाँ जीवनको कल्पना गर्न सकिँदैन । तर, पछिल्लो खोजले भने अन्तरीक्षमा धेरै सम्भावनाहरुको ढोकालाई खोलिदिएको छ।


0 comments:

Like us

 

Search

 
Enjoy the site