Thursday, July 23, 2015

धर्म निरपेक्षताबारे सोध्दा हिमानी मुस्कुराइन् मात्र संविधान मस्यौदाको त्रुटी सच्याउन आग्रह

0 comments
७ साउन, काठमाडौं । पूर्व युवराज्ञी हिमानीले जनताको चाहनाअनुसार संविधानमा रहेका त्रुटी सच्याउनुपर्ने बताएकी छिन् । हिमानी ट्रष्टले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सुझाव संकलनका क्रममा आएको जनमतको सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

हिमानी ट्रस्टका गतिविधीबारे पत्रकारसँग सल्लाह लिन आयोजना गरिएको कार्यक्रममा पत्रकारले संविधानसँग सम्वन्धित प्रश्नको वर्षा गरेका थिए ।
हिमानीेले राजनीतिक विषयका प्रश्नहरुलाई सुरुमा हाँसेर टारेकी थिइन् । ‘हामी पोलिटिक्समा संलग्न छैनौं’ हिमानीले भनिन्-‘कृपया हिमानी ट्रस्टको विषयमा मात्रै कुरा गरौं न ल ।’
भिडियो

तर राजनीतिक प्रश्न आउन छोडेनन् । ‘हिन्दू राज्यको माग भइरहेको छ, के भन्नुहुन्छ ?’ एक पत्रकारले सोधे । कुनै जवाफ नदिइ मस्केर बसिरहिन् हिमानी ।
‘सबै जनताले अहिले संविधानबारे सुझाव दिइरहेका छन्, तपाईंहरुका पनि त व्यक्तिगत सुझाव होलान् ?’ अर्का पत्रकारले सोधे ।

बल्ल उनले मुख खोलिन् । ‘जनताको धारणा बुझ्नलाई सुझाव संकलन भइरहेको न हो । यसलाई त मान्यता दिनुपर्‍यो नी । जनताले देखाएका त्रुटीहरु सच्याएरै जानु राम्रो हुन्छ नी होइन ?’ उनले भनिन् ।
‘जनताको चाहना कस्तो पाउनुभएको छ त तपाईंले ?’ भन्ने पत्रकारको प्रश्नमा उनले हाँस्दै भनिन्-‘त्यो त मलाईंभन्दा तपाईंहरुलाई नै बेसी थाहा होला ।’

पत्रकारहरुले हिमानी ट्रस्टलाई महिला, तथा बालबालिकाको क्षेत्रमा केन्दि्रत भएर काम गर्न सुझाव दिएका थिए । हिमानीले ट्रस्टको साधन स्रोतको सिमितता औंल्याउँदै सकभर धेरै भन्दा धेरै ठाउँमा पुग्न प्रयासरत रहेको उल्लेख गरिन् ।
उनले देशका विभिन्न स्थानहरुमा ट्रस्टले भूकम्पप्रतिरोधी स्कुलहरु निर्माणको लागि योजना बनाइरहेको जानकारी दिइन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site