Friday, July 24, 2015

टि.पि.एस. र अमेरिका प्रवेशको बारेमा अमेरिकी दूतावासको काठमाडौँ एक विज्ञप्ती

1 comments
बैशाख १२ को भूकम्पपछि अमेरिका र क्यानडा लैजाने भन्दै दलालहरु भूकम्प प्रभावित गाउँहरुमा सक्रिय भएका छन् । गाउँ गाउँमा पुगेर रकम उठाउँन थालेपछि त्यसविरुद्ध सावधान हुनु पर्ने अवस्था आएको छ ।
गाउँ गाउँमा दलालहरु सक्रिय भएर ठगी गर्न थालेपछि अमेरिकी दूतावासले एक विज्ञप्ती जारी गरि यस बारे आफ्नो धारणा प्रष्ट पारेको छ । संयुक्त राज्य अमेरिका प्रवेश गर्न तथा टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) हासिल गर्न सघाउन सक्ने भनी केही व्यक्तिहरू सक्रिय भएको न्यूजले अमेरिकी दूतावास चिन्तित भएको विज्ञप्तीमा उल्लेख छ । यस्ता दाबीहरू झुट्टा भएको र दलालहरुको पछाडि नलाग्न दूतावासले सबैलाई आग्रह गरेको छ । २०७२ असार ९ गते वा सो अघि निरन्तर तथा शारीरिक रूपमा संयुक्त राज्य अमेरिकामा उपस्थित भएका तथा त्यसपछि पनि संयुक्त राज्य अमेरिकामा नै निरन्तर रूपमा शारीरिक रूपमा उपस्थित रहेका व्यक्तिहरू मात्रै टिपिएसका निम्ति योग्य हुने दूतावासको विज्ञप्तीमा उल्लेख छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि असार ९ गते संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टिपिएसको सूचीमा राखिएको घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिकामा पुगी बसोबास गरिसकेका योग्य नेपाली नागरिक (र यसअघि नेपालमा बसोबास गर्दै आएका नागरिकताविहीन व्यक्ति) हरूले टिपिएसका लागि आवेदन दिन सक्नेछन् । यस्तो योग्यता पुग्ने नेपालीहरूका लागि दर्ता अवधि २०७२ असार ९ देखि पुस ६ गतेसम्म रहेको दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । टिपिएस एक अस्थायी सुविधा भएको र यसले वैध स्थायी बासिन्दासम्बन्धी सुविधा वा अन्य कुनै अध्यागमन सुविधा प्रदान गर्दैन । उल्लेख्य रूपमा झुट्टा आश्वासनहरू बढ्दै गएको सम्बन्धमा अमेरिकी दूतावास सर्वसाधारणलाई सचेत रहन सल्लाह दिन चाहन्छ भनिएको छ । लामो समयदेखि अमेरिकामा रहेर कानुनी सेवा दिदै आएका क्षेत्री एण्ड एशोसियटका प्रमुख समेत रहेका वरिष्ठ अधिवक्ता खगेन्द्रध्वज जीसीले पनि ठगहरुको पछाडि लागेर पैसा नफसाउन आग्रह गर्नुभयो ।
अमेरिकामा रहेका नेपालीहरुले मात्रै यो सुविधा पाउने जनाउँदै उहाँले ठगहरुबाट सावधान हुन भूकम्प पीडित नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
अहिले भूकम्प पीडित गाउँहरुमा अमेरिका, क्यानडा र अन्य विकसित मुलुकहरुमा लैजाने भन्दै रकम उठाउन थालेको सूचना पाएपछि अमेरिकी दूतावासले औपचारिक रुपमा विज्ञप्ती निकालेर यसबारे स्पष्ट गरेको हो ।


1 comments:

Unknown said...

Molai poni yastoi vairaako xa ekjan USA person ley visaa pathai dinchhu vaneko xa k garney hola

Like us

 

Search

 
Enjoy the site