Monday, July 27, 2015

एक महिला सांसदले संसद वैठक चल्दाचल्दै स्तनपान गराएर हंगामा मच्याएकी छन्

अर्जेटिनाकी एक सांसदले संसदमै हंगामा मच्याएकी छिन् । उनले नेपाली सभासद् जस्तो संसद भित्र कुर्सी मिल्काएर वा सभामुखलाई नै हातपात गरेर त्यस्तो हंगामा मच्याएकी भने होइनन् । उनले हंगामा मच्याउनुको कारण अर्कै छ । ‘सेक्सी एमपी’ भनेर समेत चिनिने भिक्टोरिया डोन्डा पेरेजले आफ्नो आठ महिने छोरीलाई संसद वैठक चल्दाचल्दै स्तनपान गराएर हंगामा मच्याएकी हुन् । ती सासंदले बच्चालाई दुध चुसाइरहेको तस्बिर सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

उनको त्यो क्रियाकलापपछि विश्वभर नै नकारात्मक र सकारात्मक दुबै टिप्पणी बाहिर आएका छन् । एकथरीले बच्चा रोएपछि जहाँ सुकै भए पनि स्तनपान गराउनु एक आमाको कर्तव्य भएको प्रतिक्रिया दिएका छन् भने अर्को थरीले गम्भीर समयमा एमपीले असभ्य व्यवहार देखाएको भन्दै आलोचना गरेका छन् ।

विरोध गर्नेहरुले भनेका छन्– ‘कम्तिमा उनले आफ्नो स्तन छोपेर दुध चुसाउनु पथ्र्यो ।’ ३७ वर्षीया भिक्टोरिया पहिले एक मानवअधिकार कार्यकर्ता र कानून व्यवसायी थिइन् । तर उनले सन् २००७ को डिसेम्बरमा सबैभन्दा कान्छी सांसदका रुपमा अर्जेन्टाइन नेशनल कंग्रेसमा प्रवेश पाएकी हुन् । २६ जुलाई @नयाँपेज

Like us

 

Search

 
Enjoy the site