Tuesday, July 14, 2015

जहाजमा रहेका मानिसहरुलाई तानेर खान्थियो रे समुद्रमा पाइने दैत्य जीव

0 comments
काठमाडौं, आषाढ २९ - प्राचीनकालमा समुद्र र महासागरहरुमा यात्रा गर्दा जहाजबाटै मानिसहरु हराउने गरेको इतिहास छ ।

 कहिले–काँही समुद्रभित्रबाट लामा–लामा हातहरु फैलाइ जहाजमा रहेका मानिसहरुलाई कुनै अज्ञात जीवले तानेको डरलाग्दो दृष्य जहाजमा यात्रा गर्नेहरुले देख्ने गर्दथे । त्यस समय ‘समुद्रमा दैत्यहरु हुन्छन्’ र ‘तिनीहरुले नै जहाजमा रहेका मानिसहरुलाई तानेर खाएका हुन्’ भन्ने कुरामा मानिसहरु विश्वास गर्दथे ।

 समुद्र र महासागरमा जहाजमा रहेका मानिसहरुलाई तानेर खाने दैत्य नभइ जीव ‘स्विकड्’ हो भन्ने कुरा पछि पत्ता लाग्यो । स्विकड् ढाड नहुने जीवहरुमध्ये सबैभन्दा ठूलो एक समुद्री जीव हो । यो जीव खासगरी उत्तरी आन्द्र महासागरको गहिराइमा पाइन्छ । यो प्राणी वर्गको मोलस्कस जातिको समूहमा पर्दछ । जसमा चिप्लेकीरा, शंखकीरा आदि पर्दछन् ।

 स्विकड्हरु केही सेन्टीमीटर मात्र लामो आकारका हुने, स–साना खालका पनि हुन्छन् । तर, ठूलो स्विकड्को लम्बाई भने करिब पाँच मिटर लामो हुन्छ । यसको तौल दुई टनभन्दा पनि बढी हुन्छ । यसको शरीरको आकार रकेटको जस्तै हुन्छ र शरीरमा रातो, पहेंलो, हरियो र नीलो रंगका ताराहरु चम्के जस्तै चम्किरहेका हुन्छन् । यसको टाउकोमा १० ओटा लामा–लामा हातहरु फैलिएका हुन्छन् र तिनीहरु मध्ये आठओटा मात्र तल्लो सतहमा कडा काँडा जस्ता अंगहरु सम्मिलित चुसक हुन्छ । जसबाट स्विकड्ले १५ मिटर टाढाकसम्मको आफनो शिकारलाई समात्न सक्दछ ।

 स्विकड् अत्यन्त फूर्तिलो र हिंस्रक मांसाहारी प्राणी हो । माछा र झिंगेमाछा यसका मुख्य आहारा हुन् । खाने बेलामा स्विकड्ले आफना दुईओटा लामा हातहरुबाट शिकारको शरीरलाई टुक्रा पार्ने काम गर्छ भने अन्य आठओटा हातहरुबाट शिकारलाई समात्ने गर्दछ । यिनीहरुको भिडन्त भनेको अर्को समुद्री जीव ह्वेलसँगको हो । भिडन्तको समयमा समुद्रमा एक माइलसम्म आवाज सुनिन्छ ।

 समुद्रको एक माइल गहिराइमा पाइने स्विकड्को शरीरमा प्रकाश उत्पन्न गर्ने अंग पाइएको छ । यही अंगको मद्दतबाट त्यो समुद्रभित्र अन्धकारमा पनि जगमगाएर यताउति पौडिरहेको हुन्छ । (एजेन्सी)


0 comments:

Like us

 

Search

 
Enjoy the site