Tuesday, July 14, 2015

एस.एल.सी.मा एसिड पीडित संगीता पुलामी मगर प्रथम श्रेणीमा पास

0 comments

काठमाडौं, २८ असार । प्रवेशिका परीक्षा (एसएलसी)मा फेल भएकी भनिएकी एसिड पीडित किशोरी संगीता पुलामी मगर प्रथम श्रेणीमा पास भएको खुलासा भएको छ ।

उनको वास्तविक (ओर्जीनल) मार्कसिटमा प्रथम श्रेणीमा पास गरेको नम्बर उल्लेख गरिएको छ । नतिजा प्रकाशनका बेला इन्टरनेटमा देखाईने नतिजामा संगीता फेल भएकी थिईन् ।
उनको बास्तविक नाम खड्गमाया पुलामी हो । उनले प्राक्टिकल बाहेक अन्य सबै विषयमा शून्य नम्बरमै ल्याएको इन्टरनेटको प्रारम्भिक नतिजाले देखाएको थियो । तर, विद्यालयले दिने बास्तविक मार्कसिटमा उनी फस्र्ट डिभिजनमा पास भएकी हुन् ।

काठमाडौंको बसन्तपुरमा एसिड आक्रमण परेर घाइते संगीताले उपचारसँगै काठमाडौँ मेडिकल कलेज अस्पतालको शैयाबाटै एसएलसीको परीक्षा दिएकी थिईन् ।
उनले आफ्नो विद्यालयबाट प्रथम श्रेणीको मार्कसिट पाएकी छिन् । मार्कसिटमा उनले ६५ प्रतिशत अंक ल्याएको देखाइएको छ । जबकी नतिजा सार्वजनिक हुँदा उनको जम्मा १२ प्रतिशत मात्रै थियो ।
उनले सबै विषयमा शून्य नतिजा ल्याएकी थिईन् मात्र प्रयोगात्मक बाहेक । यस विषयमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक विष्णु द्धारेले संगीताको मार्कसिटका विषयमा छानविन हुने बताए ।

‘परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका हो वा वा अन्य कुनै कारण हो यस विषयमा हामी छानविन गर्दैछौं,’ उनले भने । उनका अनुसार अहिले परीक्षा नियन्त्रण कार्यासँग यो विषयको जवाफ नै छैन् ।
स्रोतका अनुसार नतिजा अंकमा त्रृटी भएकाले संगीताले अर्थशास्त्रको पुनःपरीक्षा फेरि दिएकाले अंकमा घटबढ भएको बतायो । उनले परीक्षा दिएको अर्थशास्त्रको पेपर नै हराएछ, त्यसको पत्तो पाएपछि उनलाई फेरि परीक्षा दिन बोलाइयो ।’

संगीतासँगै एसिड आक्रमणमा परेकी सीमा बस्नेत पनि फेल भएकी छिन् । उनी मौका परीक्षामा सहभागि हुँदैछिन् ।

0 comments:

Like us

 

Search

 
Enjoy the site