सोमबार २१ असार,महिला बिस्वकप फूटबल २०१५ अन्तर्गत क्यानाडाको बिसी प्यालेस रंगशालामा बिहान ४:४५मा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन जापानलाई ५-२ ले हराउँदै अमेरिकाले उपाधि जितेको छ। योसँगै अमेरिकाले महिला विश्वकपको उपाधि तीन पटक जितेको छ । अमेरिकाले यसअघि सन् १९९१ र १९९९ मा उपाधि जितेको थियो।अमेरिकाको जितमा कार्ली लाइडको योगदान प्रमुख रहयो । ह्याट्रिक गरेकी कार्लीले खेल सुरु भएको तेस्रो मिनेटमा नै गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाइन् । अमेरिकाले खेलको पहिलो हाफमै ४९१ को अग्रता लिएको थियो। दोस्रो हाफमा थप एक गोल गर्दै उपाधिमा कब्जा जमाएको हो।
त्यसैगरी आइतबार बिहान खेलेको खेलमा तेस्रो स्थानका लागि इंग्ल्यान्डले जर्मनलाई १-० गोलले हराई तेस्रो स्थान हाँसिल गरेको छ। ९० मिनेट सम्मा दुवै टिमले कुनै गोल गर्न नसकेपछि थप समय १०८औ मिनेटमा इंग्ल्यान्डको तर्फबाट गोल गरेको थियो।

0 comments:
Post a Comment