Monday, July 6, 2015

आजबाट निसुल्क बिदेस पठाउन शुरु

0 comments
       २१असार,श्रम मन्त्रालयले सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरुलाई कम्तिमा १५ दिनका लागि परीक्षणका रुपमा निशुल्क कामदार पठाउन वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गरेका छन् ।व्यसायीहरुले भने निशुल्क कामदार पठाउने विषयको विरोध गर्दै आएका छन् । विरोधका बाबजुद पनि सरकारले सोमबारदेखि मलेसिया सहित ६ वटा खाडी मुलुकहरुमा निशुल्क कामदार पठाउने निर्णय लागु गर्ने भएको हो ।निशुल्क कामदार पठाउने निर्णय कार्यन्वयन गर्ने सरकारको तयारीको विरोध गर्नका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालसहितको टोली गएर श्रममन्त्री टेकबहादुर गुरुङलाई भेट गरेको थियो ।निशुल्क कामदारको व्यवस्था लागु गरेमा ति मुलुकहरुले नेपाली कामदार लिन अस्वीकार गर्ने व्यवसायीहरुको दावीलाई सरकारले अस्वीकार गरेको छ ।व्यवसायीहरुले भने यस्तो निर्णय लागु भएमा विदेशका काम गरिरहेका करिब ३० लाख मजदुरहरु स्वदेश फर्किने दावी गरेका छन् । न्युन लागतमा कामदार पठाउनका लागि आफूहरु सहमत भएपनि सुनिश्चित गरेर मात्रै पठाउन उनीहरुले सरकारलाई आग्रह गरेका छन् । मन्त्रालयले कतार, बहराइन, साउदी अरब, यूएई, ओमन, कुबेत र मलेसियामा निशुल्क कामदार पठाउने निर्णय यसअघि नै गरिसकेको छ । 

0 comments:

Like us

 

Search

 
Enjoy the site