Saturday, July 4, 2015

१७ वर्षीया युवतीले घरमा शौचालय नभएकै करण आत्महत्या

0 comments
      घरमा शौचालय नहुँदा महिलाले घरबार छाडेर हिँडेको हामीले सुनेका छौं  । तर घरमा शौचालय नभएकै कारण एक युवतीले आफ्नो जीवन नै अन्त्य गरेको घटना बाहिर आएको छ ।
     भारतको झारखन्ड राज्यमा एक १७ वर्षीया युवतीले घरमा शौचालय नभएकै करण झुन्डिएर आत्महत्या गरेकी छन् ।
      प्रहरीका अनुसार झारखन्डको दुम्का जिल्लामा बस्दै आएकी ती युवतीले घरमा शौचालय बनाउन आमाबाबुलार्इ पटक पटक भन्दै आएकी थिइन् ।
     शौचालय बनाउने नबनाउने विषयमा बाबुआमासँग चर्काचर्की परेपछि  बीए प्रथम वर्षमा अध्ययनरत खुस्बु कुमारीले आमाबाबुसँग विवाद भएपछि घरैमा झुन्डेर आत्महत्या गरेकी हुन् ।
      प्रहरीको प्रारम्भिक अनुसन्धानले बाबुआमाले शौचालय बनाउन नमानेकै कारण खुस्बुले आत्महत्या गरेको खुलेको छ ।
      घटनाको जानकारी पाएपछि त्यहाँस्थित प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले घटनाबारे आत्महत्या तथा फरक कोणबाट पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
      घटनापछि सत्तारुढ दल भारतीय राष्ट्रिय कांग्रेसका बरिष्ठ नेता दिग्बिजय सिंहले बाबुआमाले शौचालय बनाउन नमानेकै कारण झारखन्डमा युवतीले आत्महत्या गरेको जनाएका छन् 
      'बाबुआमाले शौचालय बनाउन नमानेकै कारण युवतीले झारखन्डमा आत्महत्या गरिन्', उनले ट्विट गर्दै भनेका छन्, 'एउटा राष्ट्रका हैसियतले भारतले शौचालय निर्माणलार्इ प्राथमिकता दिन जागरुक हुनु जरुरी छ।' एजेन्सी

0 comments:

Like us

 

Search

 
Enjoy the site