Friday, July 17, 2015

१४ महिना अघि दलालले ५ हजार डलरमा बेचेकी सुनिता मगर सकुशल घर आइ पुगिन

0 comments
 १४ महिना अघिदेखि द्वन्द्वग्रस्त मुलुक सिरियामा अलपत्र धादिङ मैदीकी सुनिता मगर सकुशल घर आइपुगेकी छन् ।सिरियामा अलपत्र उनको उद्धार नगरे ज्यानै जानसक्ने भन्दै परिवारमा दिनहुँ रुवाबासी चलेको समाचार अन्नपुर्ण पोस्ट् अनलाइनमा छापिएपछि देश विदेशका सहयोगीमार्फत सुनिता घर फर्कन सफल भएकी हुन् ।वैदेशिक रोजगारीमा गएकी सुनितालाई दलालले झुक्याएर सिरिया पुर्‍याइ अलपत्र पारिदिएका थिए । उनले आफुलाई त्यहाँबाट छिटो उद्धारका लागि सुनिताले पटक पटक आमालाई गुहार्दै आएकी थिइन् सिरियाबाट सुनिताको रोदन, ‘म यतै मर्ने भएँ’छोरीको उद्धारका लागि आमा सावित्री मगरले सरकारी निकाय गुहार्दै हिँडेपनि श्रमअनुमति र दुतावासै भएको देशका गएकाले उनको उद्धारमा सरकारले प्रयास नै गरेको थिएन ।सुनितालाई काममा लगाइदिने दलालले उनको तलब ५ हजार डलर अग्रिम लिएर बेपत्ता भएपछि पासपोर्ट जफत गरेर साहुले घरमै बन्धक बनाएको थियो तीन हजार डलर बुझाएमात्रै पासपोर्ट फिर्ता दिन्छु भनेपछि उनी सिरियामै अलपत्र परेकी थिइन् ।

आमा सिरियामा अलपत्र, घरमा छोराछोरीको बिजोग दिनुहँ बम पड्किरहने र विदेशी नागरिकलाई देखेपछि गोली हान्ने सिरियामा ३ हजार डलर तिर्न नसकेपछि सुनिता अलपत्र थिइन् ।उनी अलपत्र परेको समाचार अन्नपुर्ण अनलाइनमा प्रकाशित भएपछि एनआरएन फिनल्याण्डका अध्यक्ष बालकृष्ण श्रेष्ठ र मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योती मगरले उद्धारको लागि आवश्यक खर्च बेहोरिदिएपछि विहीबार सुनिता काठमाडौं आइपुगेकी छिन ।‘साहुलाइ तिर्ने पैसा नभएर नेपाल फर्कन नपाएको र बच्चाहरुको विजोग भएको समाचार पढेर साह्रै दुःख लाग्यो’, हङकङ मगर संघकी अध्यक्ष एवं अन्तराष्ट्रिय मगर संघकी केन्द्रिय सदस्य चन्द्रज्योती मगरले अन्नपूर्णसँग कुरा गर्दै भनिन्, ‘सबै अन्तर्राष्ट्रिय शाखाहरुबाट संकलन गर्ने गरी हामीले सुनिताका साहुलाई बुझाउने ३ हजार डलर एकमुष्ट पठाएका हौँ ।

’साहुलाई तिर्ने पैसा जुटेपछि एनआरएन फिनल्याण्डका अध्यक्ष एवम् धादिङ मैदीका स्थानीय बालकृष्ण श्रेष्ठको पहलमा फिनल्याण्डमा रहेका नेपालीले सुनितालाई सिरियादेखि नेपालसम्म लाग्ने हवाइ भाडा ८ सय डलर उपलब्ध गराएका थिए ।छोरी सुकशल फर्कन सफल भएपछि आमा सावित्री खुसी भएकी छिन् । ‘दिनहुँ छोरीले रुँदै फोन गर्थी, मलाइ त बाँचेर फर्कन्छेजस्तो लागेको थिएन’, उनले भनिन्, ‘मेरी छोरीको उद्धार गरिदिने सवैलाइ धन्यवाद छ ।’अव आफुलाई सिरिया पुर्‍याउने दलाल पक्राउ गराउन सरकारी निकायमा उजुरी दिने सुनिताले बताएकी छिन् । श्रोत : ओन्लिने  समाचार


0 comments:

Like us

 

Search

 
Enjoy the site