Friday, July 17, 2015

म्युजिक भिडियोकी नायिका मोडल सविना विक रेलको ठक्करबाट मृत्यु

0 comments
साउन ०१, काठमाडौं - सात वटा म्युजिक भिडियोको सुटिङका लागि भारतको नयाँ दिल्लीमा रहेको टोली शोकमा परेको छ । सात वटै भिडियोकी नायिका मोडल सविना विकलाई रेलले ठक्कर दिँदा उनको मृत्यु भएपछि टोली शोकमा परेको हो । तस्बिर लिने क्रममा रेलको हावाले उनी लडेको र दुर्घटनामा पर्नुका साथै घटनास्थलमै मृत्यु भएको अक्सिजन मिडिया प्रालिका प्रबन्ध निर्देशक वीरेन्द्र वलीले बताए ।

सविना भारतमै बस्थिन् । अहिले कलाकारको टोलीलाई भारतमा सुटिङको संयोज पनि विकले नै गरेकी थिइन् । नेपाली चलचित्र ‘टाइम नेभर कम ब्याक’ मा पनि सहनायिका रहेकी विकको निधनले सुटिङमा रहेको टोली स्तब्ध भएको छ । प्रबन्ध निर्देशक ओलीले भने, ‘सातवटा मध्ये पाँच वटा गीतको त सुटिङ पनि सकिइसकेको थियो ।’

काठमाडौँबाट अक्सिजन मिडिया प्रालिको संयोजनमा टोली भारतको रमणीय सहरमा सुटिङका लागि टोली भारत गएको हो । टोलीमा निर्देशक नवीन पन्त, छायाकार मुकेश हुमागाइँ, मेकअप आर्टिस्ट उर्मिला राई, थिए।
यस्तै, कलाकार अर्जुन श्रेष्ठ, सबिना बिक थिए । प्रमोद खरेल, सागर थापा, केसु पुन, सागर अबिरल जिसी, बलबीर चलाउने, हीरा अन्जलीका आवाजमा रेकर्ड भएका गीतमा प्रेमप्रकाश, मायालु डा. गोविन्द आचार्य, सागर अबिरल जिसी, खेमराज गाउँले, प्रसाद लामेछाने, वीरेन्द्र ओली, खिम बिवस ओली, दीप दर्पणको संगीत रहेको छ ।

यही टोलीको संयोजन गरिरहेकी नायिका तथा मोडल विकको दुर्घटनापछि टोली अहिले मनोहर लोहिया अस्पताल नयाँ दिल्लीमा रहेको छ । विकको नेपालस्थित परिवारलाई सम्पर्क गरिएको छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site