Saturday, July 25, 2015

नुवाकोटका विद्यार्थीहरुलाई एक स्कुलले बेलायती स्तरको गुणस्तरिय शिक्षा दिदै

0 comments
नुवाकोट, असार ९–कामकाजी अवस्थामा गुज्रीरहेको नेपाली शिक्षामा विकास हुन नसकिरहेको बेला नीजीस्तरबाट नेपालमै पहिलोपटक नुवाकोटका विद्यार्थीहरुले बेलायती स्तरको गुणस्तरिय शिक्षा पाउन थालेका छन् । विगत २० वर्षदेखि नुवाकोटको देविघाटमा सञ्चालन भइरहेको सत्यम एकेडेमी स्कूललाई यस शैक्षिक सत्रबाट नयाँ व्यवस्थापनसहित विकास गरी पठनपाठन थालनी गरिएको हो । नुवाकोटको जिलिङ–७ मा जन्मिएर १८ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका कृष्ण भट्टले करिब तीन करोडको लगानीमा नयाँ शैलिको शैक्षिक संस्थाको रुपमा सञ्चालन गरेका हुन् । हुन त यो नीजि विद्यालय हो तर, गुणस्तरिय पठनपाठन र सक्षम विद्यार्थी उत्पादन गर्ने मुख्य उद्देश्य विद्यालयको छ । यसअघि रघुनाथ खरालबाट सञ्चालिन यस विद्यालयको सम्पूर्ण स्वामित्व लिएर बेलायती स्तरको गुणस्तरिय पठनपाठन लागू गरिने सत्यम एकेडेमीका संञ्चालक भट्टले जानकारी दिए । लण्डनमा १५ वर्षदेखि एबीआई कलेज सञ्चालन गरिरहेका उनले नुवाकोट र रसुवा जिल्लामै पहिलो नमूना विद्यालय बनाउने उद्देश्य लिएका छन् । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्ने आधारभूत तथा आधूनिक विद्यालयको रुपमा विकास गरिने भट्टको दाबी छ । ‘हालको शैक्षिक प्रणालीलाई सुधार गर्ने नयाँ शैक्षिक योजनासहित यो विद्यालयलाई फरक ढंगले सञ्चालन गर्न लागिरहेका छौँ, भट्टले भने, ‘प्रयोगात्मकदेखि आवश्यक सबै गुणस्तरिय शिक्षालाई यहाँ पठनपाठनको रुपमा लागू गरिनेछ ।’ तर, यस विद्यालयमा बालबालिका पठनपाठन गराउनका लागि अन्य विद्यालयको तुलनामा अतिरिक्त शुल्क नलाग्ने उनले बताए । ‘नाफा मात्रै कमाउने भन्दापनि मुख्यगरी बालबालिकालाई समयअनुसारको शिक्षा दिनुपर्छ भन्ने मेरो सोच हो ।’ हाल नर्सरीदेखि १० कक्षासम्म पढाई भइरहेको यस स्कूलमा नेपाल र बेलायतमा उच्च ख्याती कमाएका शैक्षिक संस्थाहरुसरह विकास गरिने भट्टले दाबी गरे । ‘प्रविधिको विकास र भूमण्डलीकरणको यो जमानामा विकसित समयको मागसँगसँगै त्यसैअनुरुपको शिक्षा वालवालिकाहरुका लागि खाँचो छ, उनले भने, ‘यो ठाउँ मेरो जन्मथलो पनि हो र एकेडेमिक सेक्टरमा लामो अनुभव पनि भएकोले मैले त्यस्तो स्तरीय शैक्षिक प्रणालीको विकास गर्न चाहेको छु, जसले यहाँका विद्यार्थीहरुलाई आधुनिक शिक्षा आर्जनमा विकसित विश्वको अनुभूति गराओस् ।’ बालमैत्री शैक्षिक वातावरणमा अनुभवी तथा दक्ष शिक्षक÷शिक्षिकाहरुद्धारा पठनपाठन गराइनुका साथै नयाँ विद्यालय भवनदेखि आधुनिक भौतिक संरचना, खेलकुद, कम्प्यूटर शिक्षा, प्रायोगात्मक सिकाईका क्षेत्रमा स्तरोन्नती गर्ने काम भइरहेको विद्यालयले जनाएको छ । रामहरि गजुरेल रतोपाटीबाट 

0 comments:

Like us

 

Search

 
Enjoy the site