
झारफूकको काम गर्ने स्थानीय रुद्धल चमारले छिमेकी शिवमंगल कोहारका १० वर्षीय छोरा जीवन कोहारलाई बलि चढाउने भन्दै हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक जगतबन्धु पोखरेलका अनुसार छिमेकी सुकइ चमारका छोरा बिरामी परेपछि रुद्धलले झारफूकको काम गरेका थिए ।
झारफूकका क्रममा सुकइका छोराले ‘मान्छेको मासु खान मन लाग्यो भन्दै बर्बराएपछि’ रुद्धलले जीवन कोहारको हत्या गरेको प्रहरीले जनाएको छ । बिरामी परेका सुकइका छोरा र हत्या गरिएका जीवन मिल्ने साथी हुन् ।
विहीबारर साँझ बालक हराएपछि आफन्त र गाउँलेले खोजतलास गर्दा नपाएपछि प्रहरीलाई खबर गरेका थिए । खोजतलासको क्रममा बालकको शव घरनजिकैको झाडीमा घाँटी रेटेर फालेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक पोखरलेले बताए ।
घटनामा संलग्न धामी रुद्धलसहित ८ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ
0 comments:
Post a Comment