Thursday, July 16, 2015

युएईको एक नेपाली चेली मृत्युको दोसाँधमा,सहयोगको लागि सबै नेपालीहरुसंग आग्रह

0 comments
असार-३१, युएई - सधैं सबैको एउटै दिन हुन्छ भन्ने कहाँ छ र ? सधैं राम्रै मात्र हुन्छ भन्ने पनि हुँदैन । मान्छेको जीबन हो श्वस्थ हुने प्रयास र कामना गर्दा गर्दै पनि बेलाबखत बिरामी भईहालिन्छ । सामान्य बिमारी भए त ठिकै छ ठुलो बिमार लागे के गर्ने ? दुई चार सय खर्च भए पनि ठिकै छ हजारौं खर्च भए के गर्ने ?

यस्तै समस्यामा परेका छन नवलपरासी गैंडाकोट घर भई हाल दुबईमा कार्यरत २९ बर्षीय श्रीमती रेणु शर्मा पौडेल र उनकी श्रीमान सुबर्ण गैरे । दुबईमा कार्यरत श्रीमती रेणु शर्मा अहिले ...अज्मानको जीएमसी अस्पातलमा मृत्‍यु र जीबनको दोसाँधमा मृत्‍यु सँग पौठेजोरी खेल्दै छिन । उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार गरिदैछ ।

बिगत ८-१० बर्ष देखी दुबईको एक कम्पनीमा सुपरभाईजर पदमा कार्यरत सुबर्ण गैरेले आफ्नी श्रीमतीलाई दुबई नै बोलाए र सँगै राखे । श्रीमतीलाई सानो तिनो जागिर पनि खोजी दिए । दुबै जना हाँसीखुसी दुबईका रङीन दिनहरु बिताउदै थिए ।

यसै बिच रेणु शर्मा दोस्रो पल्ट दुई जीउकी भईन । उनीहरुमा खुशीको सिमा थिएन । सुबर्ण रेणुको हेरबिचार गरिरहन्थे । बेलाबेलामा स्वास्थ्य परिक्षण पनि गरिरहन्थे । सबै राम्रै बितिरहेको थियो ।

गत हप्ता रेणुलाई बेस्सरी ज्वरो आयो । जुलाई १० तारिकको दिन ६ महिना कि दोजिया रेणुलाई उनका श्रीमानले दुबईको थुम्बे अस्पतालमा पुर्याए । परिक्षणको क्रममा रेणुको ब्लडमा सुगरको मात्रा धेरै देखियो । सुबर्णका अनुसार सुगरको लेभल ३५० भन्दा बढी देखिए पछी डाक्टरले तुरुन्त भर्ना गर्न सल्लाह दिए । उनले रेणुलाई अस्पतालमा भर्ना पनि गरे ।

रेणुको अवस्थामा सुधार आउनुको सट्टा अन्य समस्याहरु थपिदै गए । थप परिक्षण गर्दा ब्लड र मृगौलामा पनि सन्क्रमित भएको देखियो । उनी अरु सिकिस्त बन्दै गईन । उनलाई आईसियुमा भर्ना गरियो । श्वासप्रश्वासमा समस्या देखिए पछी हाल उनलाई भेन्टिलेटेरको सहायताले श्वास प्रश्वास गराइरहेको उनका श्रीमानलाई उद्द्रित गर्दै पत्रकार गीतामणीले जानकारी दिएका छन ।

जुलाई १० देखी १५ तारिक सम्म झन्डै ५० हजार दिर्हाम ( नेपाली साढे १३ लाख रुपैयाँ) खर्च भईसकेको छ । हिजो बेलुकी मात्र थुम्बे अस्पतालले रेणुलाई थप उपचार गर्नलाई जीएमसी अस्पतालमा पठाएको छ ।

साथीभाइको सहयोगमा उनले थुम्बे अस्पताललाई ३६ हजार दिर्हाम बुझाए पनि ८ हजार भने तिर्न सकेनन । उनको गच्छेले भ्याएन । मानबियताको दृष्‍टिले अस्पतालले साथीभाइको रोहभरमा ८ हजार दिर्हाम पछी तिर्ने गरी उनलाई अज्मानको जीएमसी अस्पतालमा पठाएको हो ।

जीएमसी अस्पतालमा ५ हजार दिर्हाम बुझाएर हाल रेणुको जीबन जीएमसीका डाक्टरको हातमा सुम्पिएको छ । उनको उपचारमा दैनिक हजारौ खर्च भईरहेको छ । अब कती खर्च हुने हो अनुमान लगाउन गार्हो छ ।

यस्तो समस्या तपाईं हामीलाई आई नपर्ला भन्ने केही ग्यारेन्टी छ र ? २ दिनको चोला न हो, यस्तो समस्या तपाईंलाई पनि आयो भने कसलाई गुहार्ने? आउनुस् हातमा हात मिलाऔ, तपाईंले गरेको सानो सहयोगले कसैको जीबन बचाउन सकिन्छ भने किन सहयोग नगर्ने ? प्रबासमा हाम्रो एकता देखाउने यो भन्दा अर्को उत्तम मौका के होला र ?

रेणुका श्रीमान सुबर्ण गैरेले तपाईं हामी सँग सहयोगको याचना गरेका छन । कृपया युएई तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगको लागि अपील गर्दछौ ।

संपर्क : रमेश अधिकारी (००९७१ ५० ४६०७६११) । रकम सहयोगको लागि तलको खाता प्रयोग गर्न सक्नु हुनेछ।
Ac number : 17105532
Abudhabi Islamic Bank
name : subarna ghaire

0 comments:

Like us

 

Search

 
Enjoy the site