Thursday, July 16, 2015

पोखरामा भारी बर्षासंगैको पहिरोम १ को मृत्यु,खोलाहरुको सतह बढेर बजार डुब्ने खतरा

0 comments
पोखरा, आषाढ ३१ - लगातारको वर्षाका कारण पहिरो जाँदा विहीबार पोखराको छोरेपाटनमा रहेको एक्स आर्मी इंग्लिस बोर्डिङ स्कुल पहिरोमा पुरिएर कक्षा ९ मा अध्ययनरत पोखरा १७ डेबिडफल्सका १४ वर्षीय विद्यार्थी सञ्जय गायकको मृत्यु भएको हो । घटनामा ५ शिक्षक र ९ विद्यार्थी गरी १४ जना घाइते भएका छन्। घाइतेहरुकोे मेट्रोसीटी, गन्डकी मेडिकल र पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयसँग रहेको तिब्बतीयन शरणार्थी क्याम्पको पर्खाल भत्किँदा विद्यालय भवनमा क्षति पुगेको हो । कक्षाकोठाको छानामाथिबाट एक्कासि पहिरो खसेपछि विद्यार्थीहरुबीच भागदौड मच्चिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको जनाइएको छ । पहिरो जाँदा विद्यार्थीहरु परीक्षा दिँंदै थिए ।

लगातारको वर्षाका कारण पोखरा उपमहानगरपालिका–१३ स्थित काहु खोलामा आएको बाढीले आसपासका बस्ती डुबानमा परेका छन् । बाढीका कारण बुडुवा, कमलपोखरीलगायत आसपासका बस्तीहरु डुबानमा परेका हुन् ।

वर्षा नरोकिएको र खोलामा पानीको सतह बढ्नेक्रम जारी रहेकोले बजारसमेत डुब्न सक्ने आशंकामा आसपासका बासिन्दा त्रसित छन् । भारी बर्षासंगै बाढीकै कारण पोखराका नदीपुर, फिर्के, बाजापाटन र छोरेपाटनलगायतका स्थानमा जमिनसमेत भासिएको छ ।

बाढीका कारण पोखराको विजयपुर भगवती हाइड्रो पावर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।जसको कारण १६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको हाइड्रोपावरले जनाएको छ ।
 भएको हाइड्रोपावरले जनाएको छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site