Friday, July 17, 2015

नवलपरासीको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते

0 comments
१ साउन ,शुक्रबार-आज बिहान नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको छ। मृत्यु हुनेमा ५ जनाको सनाखत भैसकेको छ जसमा दाङ जिल्ला त्रिभुवन नगरपालिका २ का ४५ बर्षिय गोविन्द बस्नेत, दाङकै बिजौरी– २ का ३२ बर्षिय जीवन खड्का, नवलपरासी कावासोती नगरपालिका– ८ थकालीचोककी २३ बर्षिया सुमित्रा लामा र उनकी ७ महिनाकी छोरी अंसु लामा र नवलपरासी बर्दघाट नगरपालिका–६ की ५० बर्षिया माइली लामाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १ महिला र २ पुरुषको सनाखत हुन बाँकी रहेको नायब प्रहरी उपरिक्षक (डिएसपी) सोम थाापाले जनाए ।
       काठमाडौंबाट दाङका लागि छुटेको ना ४ ख ५१४३ नम्बरको रात्रीबस र विपरित दिशाबाट आएको युपी ३२ डिएन ०८५४ नम्बरको भारतीय ट्रकसँग ठोक्किँदा उक्त हताहती भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनुको मुख्य कारण  ट्रकको ब्रेक फेल भएको बुझिएको छ। घाइते हुनेहरुमा दाङ त्रिभुवन नगरपालिकाका नरेश नेपाली, गोर्खा घ्यालचोकका विवेक अधिकारी, चितवन भरतपुरका एक खड्का, नवलपरासी कावासोतीकी सुस्मिता ढकाल, उनको ३ महिनाको छोरा सुसान्त ढकाल, रुपन्देहीका फर्साटिकरका गोपाल चौधरी, दाङ बिजौरीका सुभास नेपाली, नवलपरासी गैडाकोटका गणेश अधिकारी र रामनगर भलुहीकी मधुमाया भट्टराई छिन् । घाइतेहरुको  भरतपुर मेडिकल कलेजमा उपचार हुदै छन्।
      

0 comments:

Like us

 

Search

 
Enjoy the site