Friday, July 10, 2015

प्याजबाट स्यस्थ्यका लागि लिनसक्ने बाहु उपयेगि फाइदाहरु

0 comments
         कतिपयको सोचाइमा प्याज तरकारी र सलाद मात्रै खाने,यसको बास्ना पछिसम्म रहने र श्वास गन्हाउने भनेर प्याज खान मान्दैनन् । तर, प्याजको उपयोगीता औषधि भन्दा कम छैन । नियमित प्याज सेवनले उमेर मात्रै बढाउदैन, कतिपय रोगका लागि घरेलु औषधिको काम समेत गर्छ।
१. गर्मिमा लू लाग्नु सामान्य कुरा हो । काँचो प्यााज खाँदा लूबाट जोगिन सकिन्छ । यसको रस पिउँदा अझ फाइदाजनक हुन्छ । यही कारण बुढापाकाहरु गर्मीमा प्याज सँगै लिएर हिँड्छन्  र अरुलाई पनि त्यस्तै गर्न सुझाइरहेका हुन्छन् ।
२. कपाल झरेको झ¥यै भइरहेको छ भने यसमा प्याजको रस निकै फाइदाजनक हुन सक्छ । कपालमा प्याजको रस लगाएर केही समय छाड्ने र धुने गर्नालो कपाल झर्ने समस्या घट्नुका साथै चमकदार पनि हुन्छ ।
३. पिसाव रोकिएर हुने समस्या छ भने यसको रस खाँदा समस्या समाधान हुनसक्छ ।
४. प्याजले तापक्रम बढाउँछ । यसकारण चिसो लागेको भएपनि प्याज खानुपर्छ । नाक बन्द हुने वा चिसोले खोकी लाग्ने समस्याको हल प्याज हुन सक्छ ।
५. प्याज अरु ओखती जस्तै हो । यसले धेरै बिराम ठिक गर्ने र शरीरलाई तन्दुरुस्त राख्ने भएकाले यसले उमेर बढाउँछ भन्ने पूरानै मान्यता छ ।
६. स्टोनको समस्या भएकालाई एक हदसम्म प्याजको रस समाधान बन्न सक्छ । बिहानै खाली पेटमा प्याजको रस खाँदा यसका लागि लाभदायी हुने बताइन्छ । तर, निकै समस्या छ भने यसको रसको भर मात्रै पर्नुहुदैन ।
नोटः कुनै रोगको औषधि सेवन गरिरहेकाहरुले भने डाक्टरको सल्लाह अनुसार मात्रै प्रयोग गर्नुपर्छ ।
जनचेतनाका लागि स्वास्थ्य खबर पत्रिका बाट साभार गरियको ।

0 comments:

Like us

 

Search

 
Enjoy the site