Wednesday, July 22, 2015

भाडाका आमाबाट सन्तान जन्माउने पद्धति लाई बैधानिकता

0 comments
भाडाका आमाबाट सन्तान जन्माउने पद्धति (सेरोगेसी मदर)लाई वैधता दिन सरकारले तयारी गरेको छ । सेरोगेसी मदर कार्यक्रमलाई स्वीकृति दिँदा दुरुपयोग बढ्ने भन्दै सरोकारवालाहरूले विरोध जनाउँदै आएका छन्।
काठमाडौंका केही निजी अस्पतालले अवैध रूपमा सेरोगेसी सेवा दिइरहेको समाचार सार्वजनिक भएपछि मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यविधि बनाएर त्यसलाई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, मन्त्रालयले कार्यविधि बनाउनुको सट्टा केही दिनअघि मात्रै सेवा दिने अस्पतालहरूका लागि मापदण्ड तयार गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सेरोगेसी मदर)समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्डअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शय्याको एनआइसियू सेवालगायतका पूर्वाधार हुनुपर्ने मापदण्ड बनाइएको छ ।
‘मन्त्रिपरिषद्ले त कार्यविधि बनाउन भनेको थियो । तर, कार्यविधि नभएर मापदण्ड बनाइएको छ । सामान ल्याऊ, पैसा तोक र चलाऊ भनेजस्तै भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘यसले पहिलेदेखि अवैध रूपमा काम गरेका अस्पतालहरूलाई वैध रूपमा गर्ने बाटो खोलिदिएको छ ।’नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site