Sunday, July 12, 2015

नयाँ संविधानमा धार्मिक निरपेक्षता कार्यान्वयन हुने, नेता माधव नेपाल

0 comments
काठमाडौँ, असार २७ – नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश टुक्र्याउनेखालको स्वतन्त्रता कसैलाई पनि दिन नहुने बताएका छन् । 

राष्ट्रिय ख्रीष्ट्रियन महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधानमा धार्मिक निरपेक्षता कार्यान्वयन र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उनले देशमा सार्वभौमिक अखण्डतामा प्रतिकूल असर पार्ने र देश टुक्र्याउने स्वतन्त्रता दिन नहुने बताए ।

नेता नेपालले भने – “देशमा एउटामात्र धर्म हुँदैन, धर्मनिरपेक्ष मुलुक हुनुपर्छ तर सबै धर्म नेपालीपनको माया गर्ने हुनुपर्छ ।”

धर्म निजी आस्थाको विषय भएकाले धर्म र आस्थाका आधारमा राज्यले भेदभाव गर्न नहुने विचार राख्दै उनले नेपालमा धार्मिक सहिष्णुता भएको उल्लेख गरे ।

प्रत्येक धर्मको पर्वमा बिदा दिने परम्परा ठीक नभएको र यसले मानिसहरुलाई अल्छी बनाउने र देश विकासमा समेत बाधा पुग्ने धारणा राख्दै नेता नेपालले विश्वका विकसित देशमा सार्वजनिक बिदा दिने चलन एकदम कम रहेको बताए ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले धर्म आस्थाको विषय भएकाले धर्मको नाममा राजनीति गर्न नहुने बताए ।

उनले ख्रीष्ट्रियन पनि  नेपाली नागरिक भएकाले मृत्यु संस्कार गर्न पाउने विषयमा आफूले सरकारका निकायसँग कुरा गर्ने उल्लेख गरे ।

एकीकृत नेकपा माओवादीका नेता राम कार्कीले सबै धर्ममान्नेहरुले नेपालको आर्थिक, सामाजिक विकास को  पहल हुनुपर्ने र राज्यले पनि सबै धर्मलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे ।

महासङ्घका अध्यक्ष डा सुन्दर थापाले ख्रीष्ट्रियनलाई अन्तिम संस्कार गर्न पाउने विषयमा सरकारसँग सहमति भए पनि कार्यान्वयन हुन नसकेकाले त्यसका लागि पुन पहल गरिदिन माग गर्दै नेता नेपाललाई ज्ञापनपत्र प्रदान गरेका थिए । रासस

0 comments:

Like us

 

Search

 
Enjoy the site