Below slider

Content left

Content right

 

Sunday, July 12, 2015

ग्रीन टी र यसबाट हुने फाइदाहरु

0 comments
          चिकित्सक,योगगुरु तथा वैद्यहरुले ग्रीन टी पिउदा स्वस्थ्यको लागि लाभहुने कुरा गरिरहेको हुन्छ। ग्रीन टी भन्नाले चीयाका बोटका नयाँ नटिपिएका मुनाबाट प्रशोधन नगरी बनाइएको चिया नै ग्रीन टी हो । ग्रीन टीबाट निम्न फाइदाहरु लिन सकिन्छ। 

१. ग्रीन टीले आखाँको ज्योती बढाउन मद्दत गर्छ।

२. शरीरमा कोलस्ट्रोलको मात्रा घटाउँछ र मुटु सम्बन्धी रोगको सम्भावना कम गर्छ।

३.  दाँत र गिजालाई स्वास्थ्य राखी इन्फेक्सन हुन दिदैन।

४. यसले दिमागको कार्यसंचालन राम्रो गराउने हुनाले दिमाग तेजिलो बनाउँछ।

५. ग्रीन टीले छाला र शरिरका अरु भागमा हुने  क्यान्सरको सम्भावना कम गर्छ।

६. बूढोपन कम गर्नुका साथै अल्जाइमर र पार्किन्सन जस्ता रोगको सम्भावना कम गर्छ।

७. यसले शरीरको तौल घटाउन सहयोग गर्दछ।

८. नियमित रुपमा ग्रीन टी पिउनाले जीवनको आयू पनि लम्बिने गर्छ।

९.  उच्च रक्तचाप र मधुमेह घटाउन समेत ग्रीन टी निकै नै प्रवाभकारी मानिन्छ।

१०. मानसिक तनाव कम गर्ने ग्रीन टीले एन्टी भाइरल र एन्टी ब्याक्टेरीयलको पनि काम गर्छ।

 माथि हामीले ग्रीन टि बाट हुने फाईदाको कुरा गर्यौ तर यसबाट हुने बेफाइदाहरु नि छन् एक स्वस्थ्य मानिसले दिनमा ४,५ कप ग्रीन टी पिउनु उचित मानिन्छ तर गर्भवती तथा औषधी खाइरहेकाहरुले भने डाक्टरको सल्लाह लिएर मात्र पिउनु उचित हुन्छ।

 ग्रीन टी बनाउँदा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ। उचित तरिकाले बनाएको ग्रीन टी मात्र स्यस्थ्यका लागि फाइदाजनक हुन्छ नत्र नकारात्मक असर पनि गर्नसक्दछ।
–चिनी वा दूध नहाल्ने
–ग्रीन टी ब्याग पानीमा हालेपछि ननिचोर्ने
–ग्रीन टी ब्याग पुनः प्रयोग नगर्ने
– त्यस्तै सफा भाँडा र सफा पानीमा बनाउने र खाने।

0 comments:

Like us

 

Search

 
Enjoy the site