मनिला,१८असार,फिलिपिन्स चारैतिर समुन्दले घेरिएको देस हो , बिहीबार एक यात्रुबाहक डुङ्गा दुर्घटना हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको जनाएका छन् । सो डुंगामा चालक दलका सदस्य सहित करिब २००भन्दा बढी व्यक्ति सवार रहेका जनाइएको छ । ओर्मोक सहरबाट किम निर्भानातर्फ गईरहेको सो डुङ्गा कमोटेस् द्वीपमा डुबेको बताइएको छ ।
सो दुर्घटनाबाट कम्तीमा १३४ व्यक्तिलाई जीवितै उद्धार गरिएको सहरको प्रकोप न्यूनीकरण तथा व्यवस्थानका अधिकारी सिरिआको तोलिबाओले बताउनुभएको छ । अझै १२ भन्दा माथि हराइरहेका छन्।
सो डुङ्गामा १६ जना चालकदलका सदस्य र १८७ यात्रु सवार रहेका बताइएको छ । बन्दरगाह छोडेको ३० मिनेट पछाडि भीषण रुपमा चलेको हावाका कारण सो दुर्घटना भएको तोलिबाओले बताउनुभएको छ । रासस/एएफपी

भिडियो

0 comments:
Post a Comment