Friday, July 3, 2015

रामतोरिया खाँदा हुने फाइदाहरु

0 comments
       भिण्डी अर्थात् रामतोरिया  खानुमा जति स्वादिष्ट छ, यो निकै गुणकारी पनि छ ।आम मानिसले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ । तर भारतीय उपमहाद्विपका केही आदिवासीले भिण्डीलाई विभिन्न रोगको उपचारमा समेत उपयोग गर्ने गरेको पाइन्छ ।
      भिण्डीमा विभिन्न खाले भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व पाइन्छ । यसमा भिटामिन ए, बी, सी, इ तथा क्याल्सियम, फलाम जस्ता तत्व पाइन्छ । साथै यसमा उच्चस्तरीय फाइबर समेत पाइने भएकाले स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
       पोषण विज्ञहरुका अनुसार भिण्डीको सेवन मधुमेहका रोगीका लागि निकै लाभदायक हुन्छ ।भिण्डीको बिजलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको समेत धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ ।
         भिण्डीको काटेको टुक्रालाई पिउने पानीमा डुबाएर रातभर राख्ने । विहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ ।विज्ञहरुका अनुसार काँचो भिण्डी चपाएर खानाले पुरुषहरुमा यौन क्षमतामा वृद्धि हुन्छ ।पानीमा भिण्डी पकाएर पिउनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ ।

0 comments:

Like us

 

Search

 
Enjoy the site