Tuesday, July 28, 2015

डिभी पीआर भएको सशस्त्र प्रहरी बलका डिआइजी दुर्गा कुँवरले

  सशस्त्र प्रहरी बलका डिआइजी दुर्गा कुँवरले राजीनामा दिएका छन्। उनले सोमबार सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त सामु राजीनामा बुझाएका हुन्।

वन्तले उनको राजीनामा गृह मन्त्रालयमा आज पठाएका छन्। डिआइजीको राजीनामा गृहमन्त्रीले स्वीकृत गर्ने प्रहरी नियमावलीमा उल्लेख छ। सशस्त्र प्रहरीको नयाँ नियमावली आए लगत्तै कुँवरले राजीनामा दिएको सशस्त्र प्रहरी उच्च स्रोतले सेतोपाटीलाई जानकारी दिएको हो। उनीसँग अमेरिकाकाे डिभी पीअार रहेकाे स्राेतले जनाएकाे छ ।

यद्यपी संयुक्त राष्ट्र संघमा उच्च तहको जागिर पाएका कारण कुबँरले राजीनामा दिएको उनी निकट स्रोतले जनाएको छ। सशस्त्र प्रहरीले साउन मसान्तभित्र डिभी पिआर लिएको भए जानकारी गराउन उर्दी जारी गरेको छ। उसले ‘कि डिभी पीआर छाड्न कि जागिर छाड्ने’ गरी नयाँ नियमावली पहिलो पटक ल्याएको हो।

२०४९ साल नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा प्रवेश गरेका कुँवर सशस्त्र द्धन्द्धकालमा सशस्त्र प्रहरी बल गठन भएपछि डिएसपी त्यहाँ गएका थिए। उनी निकै असल प्रहरी अधिकारीमा गनिन्छन्। गत वैशाख १२ गते भूकम्प गएपछि उनले राजधानीमा दिनरात खटेर काम गरेका थिए। उनी डिआइजी भएपछि सशस्त्र प्रहरी महानिरीक्षक वन्तले उनीमाथि नियतवस दुख दिदैँ आएको स्रोतले जनाएको छ ।

मंगलबार उनले  अवकाश पाउन लागेका मुख्यसचिव लीलामणि पौडेल र सेनापति गौरव शमशेरराणावीच भेट गरेका छन्। श्रोत : अनलाईन खबर

Like us

 

Search

 
Enjoy the site