Wednesday, July 29, 2015

नवलरासीको गैंडाकोट जयश्री खोलाको ३२ मिटर लामो फलामे पुल भाँच्चिएपछि यात्रुहरुको बिचल्ली

गैंडाकोट, श्रावण १२ - पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलरासीको गैंडाकोट ७ र ९ वडा जोड्ने जयश्री खोलाको ३२ मिटर लामो फलामे पुल (आइरन ट्रस ब्रिज) भाँच्चिएपछि यात्रुहरुको सडकको बास भएको छ । कयौ यात्रुहरु सोमबार राति पुल भाँचिय देखि गाडीमै बसि रहेला छन् । नजिकमा पसल र होटल नहुँदा अहिलेसम्म पानी पिएर बसेरहेका छन् । पूर्व पश्चिम हिंडेका सयौं सवारी साधन पुल वारिपारी रोकिएकाले यात्रु समस्यामा परेका छन् । यात्रुहरु भोकभोकै छन् ।

भाँच्चिएको पुलबाट सामान्य रुपमा हिंडेर आवतजावत गर्न दिइएको छ । बिरामी तथा असक्तलाई नेपाल र सशस्त्र प्रहरीले उद्दार गरेर वारिपारी पुर्‍याइरहेका छन् ।

पुल भाँच्चिएको ठाउँमा हेर्न आउनेको भीड लागेको छ । अहिले ड्राइभर्सन निर्माणको काम जारी छ । पानी नपरे साँझसम्म डाइभर्सन निर्माण गरी यातायात सुचारु गर्न सकिने पश्चिमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख उत्तमलाल प्रधानले बताए ।

उनका अनुसार लोड धान्न नसक्दा पुल भाँच्चिएको हो । महिला तथा वालवालिकालाई बढी समस्या भएको छ । महिला यात्रुले शौचालयको समस्या भएको बताए ।

गैंडाकोट–नारायणगढ सडकखण्ड सवारीसाधनले भरिएको छ । खोलामा होमपाईप राखेर डाईभर्सन निर्माण गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख दीपक भट्टराईले बताए । यो सडकबाट दैनिक १ हजार २ सय भन्दा बढी सवारीसाधन आवत जावत गर्ने गरेका छन् । श्रोत :अनलाइन समाचार



Like us

 

Search

 
Enjoy the site