Thursday, July 23, 2015

बिप्लव नेतृत्वको नेकपा माओवादीले भोली शुक्रवार नेपाल बन्दको आह्वान

0 comments
काठमाडौं, ७ साउन– भारत र चिनबिच भएको लिपुलेक र चार दलबिच भएको १६ बुँदे सम्झौताको विरोधमा बिप्लव नेतृत्वको नेकपा माओवादीले भोली शुक्रवार नेपाल बन्दको आह्वान गरेको छ ।

नेकपा माओवादीका पोलिटब्युरो सदस्य भरत बमले लिपुलेक सम्झौता, दलहरुबिचको १६ बुँदे सहमति, भुकम्प प्रभावितहरुका लागी गरिएको राहत वितरणमा भएको भ्रष्टाचारको विरुद्धमा र देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै सर्वपक्षिय राजनीतिक सभाको माग गर्दै बन्द आह्वान गरिएको जानकारी दिनुभयो ।

बमका अनुशार भोली विहानै देखि साँझसम्म बन्द जारी रहनेछ । शान्तिपुर्ण रुपमा हुने बन्द कार्यक्रमलाई सफल पार्न नेकपा माओवादीले आम सर्वसाधारणमा आग्रह पनि गरेको छ । बन्द आह्वान गरिएपनि प्रेस, मानवअधिकार, एम्बुलेन्स लगायत अत्यावश्यक सवारीका साधनहरु भने निर्वाध रुपमा चल्न पाउने पोलिट्ब्युरो सदस्य बमले जानकारी दिनुभयो ।

यदि शान्तिपुर्ण रुपमा हुने आन्दोलनलाई राज्यले दमन गर्ने प्रयास गरे त्यस्को जिम्मा सरकारले नै लिनुपर्ने पोलिट्ब्युरो सदस्य बमले बताउनुभयो ।

यसैबिच नेकपा माओवादीले आह्वान गरेको भोलीको बन्दको पुर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन गरेको छ । देशका विभिन्न चोक तथा बजारहरुमा नेकपा माओवादीका कार्यकर्ताहरुले भोलीको बन्दको झल्को दिन मसाल जुलुस निकालेका हुन् । दाङमा पनि बन्दको पुर्वसन्ध्यामा मसाल जुलुश निकालिएको छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site