काठमाडौं, साउन ७ – भारतको बाटोहुँदै दुबई जान लागेका ७ जना नेपाली युवती भारतमा पक्राउ परेका छन् । नक्कली राहदानी तथा कागजात बनाएर दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने तयारीमा रहेका युवतीलाई भारतीय प्रहरीले पक्राउ गरी अध्यागमन विभागलाई बुझाएको हो । पक्राउ पर्नेमा बर्ष२०की पुजा तामाङ, २६की मालती राई, ४१की लक्ष्मी राई, ३१की उमा भुजेल,२३की शर्मिला थापा, २८की शोभाकुमारी परियार र २९की कृष्णादेवी रहेका छन् । भारतीय प्रहरीका अनुसार एयर इन्डियाका ड्युटी म्यानेजर कपिल र ग्राहक सेवा प्रदायक मनिषलाई पनि पक्राउ गरिएको छ । नेपाली युवतीलाई दुबाई उडाउने प्रवन्ध मिलाइएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
-
0 comments:
Post a Comment