Tuesday, July 28, 2015

काठमाडौँ एरपोर्टमा प्रहरीबाटै यात्रुको सामान चोरि

काठमाडौ, श्रावण १२ - हङकङको ड्रागन एयरबाट कार्गो भइ आएको डेल कम्पनीको ल्यापटप लगायत सामान चोरी गर्ने दुई प्रहरी जवानहरु निर्मल शाह र  प्रेमप्रसाद जोशीले चोरी गरेको दृष्य सीसीटिभी फुटेजमा देखिएपछि बिमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।  उनीहरुले साउन ३  मध्यराति आएको जहाजबाट चोरी गरेका थिए । राती सवा १२ बजे कार्गोको एप्रोन एरियामा खटिएका उनीहरुले ल्यापटप भएको कार्टुन च्यातिएको देखेपछि त्यहींबाटै चोरेका थिए । उनीहरु बिरुद्ध ड्रागन एयरका एयर सर्भिस ब्यवस्थापन सुमन तुलाधरले जाहेरी दिएका छन् । अभियुक्त प्रहरी जवानद्धयलाई चोरी मुद्दा लगाई महानगरीय प्रहरी परिसर टेकुको हीरासत कक्षमा राखिएको छ । 

एयरपोर्टमा यात्रुको सामान चोरी भइ नै रहन्छ । तर प्रहरीबाटै भएको चाहिं यो पहलिो घटना हो ।  'लोडर वा सर सफाई गर्नेहरुले त चोरी गरेको भेटिन्थ्यो' बिमानस्थलका एक प्रहरी अधिकारीले भने 'हाम्रै प्रहरीले नै चोरी गरेको घटना पहिलो हो । केहि समय अघि ईण्डिगो एयरबाट भारतको दिल्लीतर्फ उडेका एक यात्रुको लगेजबाट ३५ हजार भारतिय रुपैंया चोरी भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा  प्रस्थान द्धारको पहिलो बिन्दु देखी नै मानिस र उनीहरुका गतिविधिको निगरानी हुन्छ । भारतिय बिमानबाट जाने सामानहरु नेपाली सुरक्षा निकायबाट पास भएपछि भारतीय सुरक्षा निकायको एक्सरे मेसिनबाट अलग्गै जाँच हुन्छ । केहि समय अघिसम्म पर्याप्त सिसिटिभी नहुँदा बायू सेवा निगम -आरए)का 'लोडर' हरुले एक जनाको शरिरले सिसिटिभी छेल्ने र अर्काले यात्रुको झोला खोतल्ने प्रबृति मौलाएको थियो । एयर ईण्डिया, थाई एयरवेज बाहेकका सबै एयरलाईन्सका यात्रुहरुको सामानको जिम्मा आरएका कर्मचारीलाई हुन्छ । प्रहरी स्रोतका अनुसार सिहंको झोलामा एयरलाईन्सले लगाइदिएको टेप लोडरले निकालेको दृष्य सीसीटीभीमा कैद छ ।

बिमानस्थलमा यात्रुको सामानलाई लिएर हुने यो लापरबाही नौलो  होइन । बिमानस्थलको चोरी तथा हराएको उजुरी गर्ने शाखामा महिनाको पाँच देखी ७ वटा सम्म उजुरी पर्छन् । सुटकेस भित्र राखिएका मोबाईल, आईप्याड, बच्चाका खेलौना लगायतका सामागि्र चोरी भएको उजुरी आउने गर्छ ।  कतिपय यात्रुले त यस्ता उजुरीहरु दर्तै गर्दैनन् । 'उजुरी गरेपनि फिर्ता पाउने आश नदेखेपछि चोरीको उजुरी नै गर्दैन्' एक कर्मचारीले भने।
गएको माघ १२ गते जेट एयरको उडानमा दिल्लीबाट काठमाडौं आएका एक यात्रुको लगेजबाट ५ हजार ५ सय भारतिय रुपैंया र ११ हजार नेपाली रुपैंया चोरी भयो । प्रहरीले चोरीमा संलग्न लोडर गणेश बहादुर महर्जन र मानबहादुर मगरलाई पक्राउ गर्‍यो ।  अर्का एक भीमसेन थापा फरार छ । श्रोत:अनलाईन खबर

Like us

 

Search

 
Enjoy the site