Monday, July 27, 2015

एक विवाह कार्यक्रमका क्रममा गोली चल्दा २१ जनाको मृत्यु

११ साउन । अफगानिस्तानको बघलान प्रान्तमा आईतबार एक विवाह कार्यक्रमका क्रममा गोली चल्दा २१ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । विवाह चलि रहेका बेला सोही समारोहमा सहभागी व्यक्तिबीच नै गोली हानाहान सुरु भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आइतबार साँझ अबेरतिर सो घटना भएको बताइएको छ । उक्त दुर्घटना समारोहमा सहभागी भएका पाहुनाहरुबीच भएको हो । अनदरब जिल्लाका प्रहरी प्रमुख कर्नेल गुलिस्तान कसानीले स्थानीय मुल्लाका छोराको विवाहमा ४ सय मानिस सहभागी थिए । अनदरब जिल्लाका प्रहरी प्रवक्ता जावेद बसरतले अनुसार उक्त दुर्घटनाबाट २१ जनाको ज्यान गएको छ भने अरु १० जना घाइते भएका छन् । एजेन्सी ।

Like us

 

Search

 
Enjoy the site