Saturday, July 11, 2015

नेपालको जनसंख्‍या करिव ३ करोड नजिक

0 comments
असार २६, काठमाडौं - आज विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या झन्नै झन्नै  ३ करोडको नजिक २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको समाचार सार्बजनिक गारिएको  छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र पुरुष ४८ दशमलब ५ प्रतिशत छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेका छन् । विभागका उप-महानिर्देकक डा. रुद्र सुवालका अनुसार अहिले जनसंख्या वृद्धि दर १ दशमल ३५ प्रतिशत छ ।

आज विश्व जनसंख्या दिवस ‘आपत्कालीन अवस्थामा असुरक्षित जनता’ भन्ने नारा सहित मनाईंदैछ । सन् १९८९ को जुलाइ ११ मा विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसर पारेर संयुक्त राष्ट्रसंघले २६ वर्षअघिदेखि यो दिवस मनाउन शुरु गरेको हो ।

बिस्वमा पछिल्लो केही वर्षको तथ्यांकअनुसार प्रत्येक वर्ष करिब ८ करोड जनसंख्या बढिरहे पनि जनसंख्याको वृद्धिदरमा भने कमी आइरहेको छ ।

सन् २०५० मा जनसंख्या वृद्धिदर ० दशमलव ५ मा भन्दा पनि कम हुने प्रक्षेपण गरिएको छ । तर जनसंख्या वृद्धिदर घटे पनि व्यवस्थापन तथा विभिन्न समस्यामा भने कम हुन नसकेको विज्ञहरु बताउँछन् ।



0 comments:

Like us

 

Search

 
Enjoy the site