Saturday, July 11, 2015

नक्कली भूकम्पपीडितलाई कारबाही गर्न निर्देशन

0 comments
बनेपा,२६असार, नक्कली भूकम्पपीडित बनेर सरकारको राहत दुरुपयोग गरेका करिब ५० जनालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ ।

किटानी उजुरीका आधारमा उनीहरुलाई जिल्लाका पात्लेखेत र चण्डेनीमण्डन गाविस तथा पाँचखाल नगरपालिकाबाट पक्राउ गर्न लागिएको प्रशासकीय अधिकृत अर्जुन रिसालले जानकारी दिनुभयो ।  “सोधपुछका लागि उपस्थित गराउँछौँ र प्रमाणित भए रकम फिर्ता गराउनाका साथै भूकम्पपीडितको परिचयपत्र रद्द गर्छौं”उहाँले भन्नुभयो ।

भूकम्पपीडितका नाममा उनीहरुले सरकारले उपलब्ध गराएको रु १५ हजारका दरले कुल रु सात लाख ५० हजार र परिचयपत्र लगेका छन् । तीन गाविसमध्ये सबैभन्दा बढी चण्डेनीमण्डनमा नक्कली भूकम्पपीडितका नाममा राहत रकम दुरुपयोग भएको किटानी उजुरी परेको छ ।

“उनीहरुलाई पक्राउ गर्न आदेश दिइसकिएको छ, प्रमाणित भए हदैसम्मको कारबाही हुन्छ” प्रजिअ सुदर्शन ढकालले भन्नुभयो । उहाँले पक्राउ गर्नका लागि प्रहरीलाई पत्राचारसमेत गरिएको उल्लेख गर्नुभयो ।  भूकम्पपछि एउटै घरमा बसेका परिवार अलग भएर राहत रकम लिएको र  वैकल्पिक वासस्थान हुँदाहुँदै पनि सुविधा लिएको भन्दै केही दिनअघि किटानी उजुरी परेको थियो । रासस

0 comments:

Like us

 

Search

 
Enjoy the site