Below slider

Content left

Content right

 

Saturday, July 11, 2015

रसुवाको भार्खुदेखि ठूलो स्याफ्रुसम्मको कृषि सडक निर्माण तीव्र रुपमा

0 comments
धुन्चे (रसुवा), २६  असार, उत्तरी रसुवाको भार्खुदेखि ठूलो स्याफ्रुसम्मको कृषि सडक निर्माण तीव्र रुपमा अगाडि बढेको छ । हिमाली क्षेत्रमा उत्पादित कृषिउपज ताजताजै व्यापारिक केन्द्रमा पुर्याई ग्रामीण किसानको आय वृद्धिमा सघाउन गत वर्षदेखि यो सडकको निर्माण कार्य अगाडि बढाइएको हो । अहिलेसम्म पाँच किलोमिटर सडकको निर्माण सम्पन्न भइसकेको जिल्ला विकास समितिले जनाएको छ ।
  
जिविसको सीमित बजेटबाट काम अगाडि बढाइएको नौ दशमलव पाँच किलोमिटर लम्बाइको यो सडकका लागि यस वर्ष संसद् विकास कोषले रु ८५ लाख प्रदान गरेको छ । जिविसले पनि रु पाँच लाख छुट्याएपछि सडक निर्माणको कार्यले तीव्रता पाएको हो ।
  
विकट हिमाली क्षेत्र ठूलो स्याफ्रु सडक सञ्जालमा जोडिएपछि स्थानीयस्तरमा उत्पादित कृषिउपज व्यापारिक केन्द्र पुर्याउन र ग्रामीणवासीमाझ आवश्यक पर्ने खाद्यान्न तथा विकास निर्माणका सामग्री भित्र्याउन, बिरामी पर्दा एम्बुलेन्स तथा यात्रुबाहक सवारी साधन गुडाउन, हिमाली पदयात्रामा जाने पर्यटक भित्र्याउन, गोसाइँकुण्डको यात्रा सहज रुपले सञ्चालन गराउनसमेत यो सडकले सहज बनाउने विश्वास गरिएको छ । आगामी वर्ष ठूलो स्यापु्रमा मोटर पुर्याएरै छोड्ने निर्माणमा संलग्न उपभोक्ता समितिले जनाएको छ ।
  
यो सडकको निर्माण कार्य सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गर्न सम्बन्धित निकायमा आग्रह गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रासस


0 comments:

Like us

 

Search

 
Enjoy the site