Monday, August 10, 2015

जंगलमा बोलाई पत्नीको हत्या

0 comments
२५ श्राबन , मन्थली– पत्नीको हत्या गरेको आरोपमा प्रहरीले रामेछाप नगरपालिका–४, डुम्रिकोटका रमेश विकलाई पक्राउ गरेको छ । विकले पत्नी इन्द्रा खत्रीलाई शुक्रबार लुकुवाचौर जंगलमा बोलाई हत्या गरेका हुन् । १४ महिने छोरीलाई भने प्रहरीले उद्धार गरेको छ ।

सुर्खेत माइती भएकी इन्द्रालाई खत्रीले शुक्रबार फोनमार्फत जंगलमा बोलाएर निर्घात कुटपिट गरेका थिए । नाबालक छोरीको शरीरमा पनि चोट भेटिएको प्रहरीले जनाएको छ । बच्चा रोएको सुनेर पुगेका स्थानीयले जंगलमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुलाई उपचारका लागि तामाकोसी सहकारी अस्पताल, मन्थली पु¥याइएको छ । दाहिने आँखामा नीलडाम र शरीर चिथोरिएको पाइए पनि उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाए । इन्द्राको मन्थलीस्थित कोठामा खानतलासी गर्दा प्रहरीले छोरीको जन्मदर्ता र विवाह दर्ताको कागज फेला पारेपछि त्यसैका आधारमा रमेशलाई नियन्त्रणमा लिएको हो । घरमा सुतिरहेका बेला शनिबार राति उनी पक्राउ परेका हुन् । विकले प्रहरीलाई पत्नीको हत्या गरेको स्विकार्दै छोरी सानी भएकाले त्यत्तिकै जंगलमा छाडेर आएको बयान दिएका छन् ।

मृतकको माइती पक्षलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार शाहले जानकारी दिए । विकलाई कर्तव्य ज्यानमुद्दामा कारबाही अघि बढाउने तयारी भइरहेको उनले बताए ।

सेनामा कार्यरत विकले इन्द्रालाई दोस्रो पत्नीका रूपमा विवाह गरे पनि घर लगेका थिएनन् । इन्द्रालाई केही समयअघि मात्र मन्थली बोलाई विवाहदर्ता र छोरीको जन्मदर्ता गराएर होटलमा राखेका थिए । नागरिक न्युजबाट साभार।

0 comments:

Like us

 

Search

 
Enjoy the site