Monday, August 10, 2015

इजरायल जानको लागी सरकारले बिशेस मापदण्डहरु तोकिए छ

0 comments
श्राबन २५ - सरकारले इजरायल जान मापदण्ड तय गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले इजरायल जानका लागि नेपाली कामदारको मापदण्ड तय गरेको हो । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला वा पूरुष, हाइट ५ फिट भएको, तौल ३८ केजीभन्दा माथि रहनुपर्ने मापदण्ड  तय भएको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेश कोइरालाले जानकारी दिए । 

साथै मान्यताप्राप्त संस्थाबाट ३ महिना केयर गिभरसम्बन्धी तालिम लिनुपर्ने इन्टरमिडिएट लेवलको अंग्रेजी भाषा जान्नुपर्ने पनि मापदण्डमा उल्लेख रहेको मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले जानकारी दिए । श्रीमान, श्रीमती, छोराछोरी र आफन्त इजरायलमा भए त्यस्तालाई नपठाउने कोइरालाले बताए ।

मेडिकल फिट र आपराधिक गतिविधिमा सम्लग्न नभएकाहरु पनि इजरायल जान सक्ने उनले बताए। इजरायल जानका लागि हिब्रु भाषा आवश्यक नभएको मन्त्री गुरुङले बताए । इपीएस मोडेलमा दक्षिण कोरियाजस्तै इजरायलमा पनि कामदार पठाउन लागेको उनले बताए ।

इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक लगाएपनि गत शुक्रबारबाट केयर गिभरमा कामदार लैजान सम्झौता गरेको छ । पहिलो चरणमा दसैंअघि ६० जना नेपाली महिला कामदार त्यसतर्फ उड्ने छन । पाइलट प्राजेक्टमा रुपमा ३ सय कामदार लैजान इजरायल राजी भएको छ । त्यसपछि उनीहरुको काम हेरेर थप कामदार मगाउने इजरायल सरकारको तयारी रहेको मन्त्री गुरुङले जानकारी दिए ।


0 comments:

Like us

 

Search

 
Enjoy the site