Monday, August 10, 2015

सुर्खेतमा भएको बिरोध प्रदर्शनमा १ जनाको मृत्यु कर्फ्यु जारी

0 comments
२५ श्राबन - मध्यपश्चिम फुटाउन नहुने माग राख्दै शुरु भएको आन्दोलनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारीको मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न सकेको छैन । मृतक अनुमानित ४५ बर्षका छन् ।

कर्फ्यूजारी भएपछि प्रहरीमाथि अाक्रमण भएकाले गाेली चलाउँदा अान्दाेलनकारीकाे मृत्यु भएकाे एसपी राजेशकुमारलाल कर्णले बताए ।

मृतकको शव जिल्ला जिल्ला प्रहरी कार्यालयको गेटमा राखेर प्रदर्शन गरिरहेका छन् । प्रहरीसँगको झडपमा ५२ जना घाइते भएका छन् ।

घाइते मध्ये २० जना प्रहरी र अरु प्रदर्शनकारी घाइते भएका छन् । घाइते प्रहरी मध्य एक जना सशस्त्र र एक जना नेपाल प्रहरीका जवान गम्भीर छन् । उनीहरु थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकाे छ ।

अवस्था नियन्त्रयन्त्रण बाहिर गएपछि अहिले प्रशासनले साढे १ बजेबाट राति ९ बजेसम्म कफ्र्यू जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी बलदेवप्रसाद गौतमले मृत्युको जानकारी नआएको बताए । उनले भने, “अवस्था तनावपूर्ण भएपछि कफ्र्यू जारी गरिएको छ, तर मृतकबारे जानकारी आएको छैन ।” उनले अवस्था नियन्त्रणमा लिन गोली चलाएको बताए ।

अान्दाेलनकारीले अहिले जिल्ला विकास समिति र विरेन्द्रनगर नगरपालिकाकाे कार्यालयमा अागाे लगाएका छन् ।



0 comments:

Like us

 

Search

 
Enjoy the site