Monday, August 10, 2015

विवादमा मुछिएकी राधे माताको वेभसाइट ह्याक

0 comments
विवादमा मुछिएकी राधे माताको आधिकारीक वेभसाइट रोधमाँ डटकम (www radhemaa.com)ह्याक भएको छ । शनिबार उनको तस्विर ह्याक गरेर उनले मिनिस्टक लगाउँदा खिचेका हट फोटो उक्त वेभसाइटमार्फत सार्वजनिक गरेका थिए । उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफैँलाई सन्त बताउँदै एक ह्याकरले राधे माताको हट फोटो साइटमा हालिदिएका हुन् । फोटोमा उनले युवालाई अंगालोमा बाँधेको देख्न सकिन्छ । उनलाई गाली गर्दै क्याप्सनमा लेखिएको छ, ‘मानिसलाई बेबकुफ बनाउँदैछिन् ।’ ह्याकरले म्यासेज छाडे वेभसाइट ह्याक गरेपछि ति व्यक्तिले राधे माताको विरुद्धमा म्यासेज समेत पोस्ट गरेका छन् । म्यासेजमा लेखिएको छ , ‘आफूलाई भगवान् मान्ने राधे माताको पुजा गर्न बन्द गर्नुस् । भारतमा यो राम्रो विजनेश बनेको छ । हामी सजिलैसँग यस्ताका कुरा पत्याउँछौँ । अब सफलता हात पार्न हामीले आफैँ मेहिनत गर्नुछ । आफैँलाई भगवान् बताउनेको भरोसा गरेर हुन्न ।’ षड्यन्त्र भएको राधे माता ट्रस्टको दाबी मातामणी श्री रोध गुरु माँ च्यारिटी ट्रस्टका प्रबन्ध निर्देशक संजीव गुप्ताले भने राधे माताको विरुद्धमा षड्यन्त्र गरिएको दाबी गरेका छन् । प्रहरीले छानविन गर्नसक्ने दाइजोका लागि दबाब दिएको आरोपमा राधे मातालाई प्रहरीले छानविन गर्ने बताइएको छ । यसअघि नै प्रहरीले दुई घण्टासम्म गत शुक्रबार उनलाई सोधपुछ गरेको थियो । राधेमाताको विरुद्धमा मध्य प्रदर्शनका एक व्यक्तिले अश्लिलता फैलाएको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेका छन् । big राधे माता भन्छिन्, ‘नामवाला नै बदनाम ।’ राधे माताले भने आफूमाथि आरोप लगाउनेको पहिला छानविन गर्नुपर्ने जिकिर गरेकी छिन् । उनले सञ्चारकर्मीसँग भनेकी छिन्, ‘जसले ममाथि आरोप लगाए । उनीमाथि छानविन जरुरी छ । उनी आफैँ बद्नाम छन् ।’ को हुन् राधेमाता पन्जावको गुरदासरपुर जिल्लास्थित एक शिख परिवारमा राधेमाताको जन्म भएको थियो । उनको विवाह पन्जावकै एक व्यापारी सरदार मोहन सिंहसँग भयो । विवाहपछि उनले आध्यात्मिक जीवन सुरु गरेकी थिइन् । केही समयपछि मुम्बई आएर उनी राधे माताको नामले चर्चित भइन् । उनी आफैलाई देवीको अवतार मान्छिन् । के छ राधेमातामाथिको आरोप आरोप १ : राधे मातामाथि एक महिलाका पतिलाई उक्साएर दाईजोका लागि प्रताडित गरेको आरोप छ । मुम्बईको बोरीवली पुलिसले यस घटनामा रोधमाता समेत गरी ७ जनाको विरुद्धमा उजूरी लिएको छ । उजूरी दर्ता गराउने महिलाले विवाहको समयमा उनका बाबु–आमाले करोडौँको गहना दिएको आरोप लगाएकी छिन् । उनको दाबी अनुसार राधे माताले नै श्रीमान्को परिवारलाई उचालेकी थिइन् । आरोप २ : राधे माताले स्कर्ट लगाएको तस्विर सार्वजनिक भएपछि मुम्बईका एक वकिल फाल्गुनी ब्रह्मभट्टले अर्को आरोप लगाएका छन् । उनीमाथि धर्मको नाममा ठगी गर्ने तथा अश्लिलता फैलाउने आरोप छ ।



0 comments:

Like us

 

Search

 
Enjoy the site