Monday, August 10, 2015

चीनमा सोउलर नामक तूफानका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

0 comments
२५ साउन वेन्झाओ (चीन) - चीनमा शनिबार आएको सोउलर नामक तूफानका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको पूर्वी चीनको झेझियाङ प्रान्तको सरकारले जनाएको छ ।तूफानमा परी अहिलसेम्म बेन्जाओ सहरमा पाँच जना हराएको समाचार छ ।झेझियाङमा आँधीका कारण यसै वर्षभित्र मात्रै नागरिक विस्थापित हुनु परेका यो १३औं पटक हो ।चिनियाँ सुरक्षा अधिकारीका अनुसार मृत्यु भएका धेरैजसो मानिस बाढीले बगाएको र केही नागरिक आँधीपछि भत्किएका घरहरुको भग्नावशेषमा परेको हुनसक्ने सम्भावना छ ।

आँधीका कारण १३ लाख ६० हजार मानिस विस्थापित भएका छन् भने करिब ३ अर्ब ८३ करोड चिनियाँ युआन (झन्डै ६१ करोड ७० लाख अमेरिकी डलर) को क्षति भएको स्थानीय सरकारीद्वारा सञ्चारमाध्यमलाई जनाइएको छ ।चीन सरकारले तूफानको खतरा भएका क्षेत्रका करिब १० हजार मानिसलाई आँधी आउनु पूर्व नै सुरक्षित स्थानतर्फ लगिसकेको थियो ।चीन सरकारले सम्भावित आँधीको खतरा देखाउँदै आफ्ना नागरिकलाई सुरक्षित स्थलमा रहिरहन एक हप्ता अघि देखिनै सजग गराइरहेको थियो ।
माछा मार्न समुद्री इलाकामा गएका माझीहरुलाई पनि शुक्रबार बिहानसम्म बेन्झाओ सहर नजिकको बन्दरगाह फर्किन सचेत गरेको थियो ।


0 comments:

Like us

 

Search

 
Enjoy the site