Saturday, August 22, 2015

भूकम्पले भत्काएको बिद्यालय निर्माणका लागी अमिरिकामा कन्सर्ट गरियो

0 comments
क्यालिफोर्निया । नेपालमा गत वैशाख १२ गते गएको भूकम्पमा परी भत्किएको विद्यालयलाई पुनर्निर्माण गर्न फ्रिड नेपालले संयुक्त राज्य अमेरिकाको क्यालिफोनियाको सान्फ्रान्सिकोस्थित मिलभ्यालीमा बेनिफिट कन्सर्ट फर नेपाल आयोजना गरेको छ ।

फ्रिड नेपालका संस्थापक जय तामाङका अनुसार कार्यक्रमबाट उठेको रकम चाँडै नै नुवाकोट जिल्लाको दुर्गम क्षेत्रमा रहेको भाल्चे गाविसस्थित विद्यालयको भवन निर्माणको लागि पठाइने छ । विद्यालय पुनर्निर्माणका लागि थप सहयोग संकलन कार्य अझै जारी रहेको उनले बताए ।

कन्सर्ट भव्यरुपमा सफल बनाउन मिलभ्यालीका चर्चित अमेरिकी कलाकारहरुले साथ दिएका थिए । नुवाकोटमा नेपाल फ्रिड मार्फत ३ वटा विद्यालयमा तामाङले विद्यालय भवन निर्माण तथा अन्य सहयोग गरिसकेका छन् । ऐसेलु भूमे मावि काउले, पञ्जलिङ मावि काउले र डिक्याब प्रावि भाल्चेका विद्यालयहरु भूकम्पले ध्वस्त भएका थिए । भत्किएका विद्यालयलाई चाँडै नै पुर्ननिर्माण गरिने तामाङले जानकारी दिएका छन् ।  श्रोत साभार :http://nepalibulletin.com and picture jay tamang facebook .



0 comments:

Like us

 

Search

 
Enjoy the site