Wednesday, August 26, 2015

गुजरातमा आन्दोलन उग्र बनेपछि कर्फ्यु लगाइयो मोबाइल र इन्टरनेट सेवा ठप्प

0 comments
काठमाडौं, भदौ ९ । भारतको गुजरात राज्यमा पटेल समुदायको आन्दोलन उग्र बनेपछि राज्यका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ । अहिले सम्मा ३ जनाको मृतु भैसकेको छ। सुरतमा सेना परिचालन गरिएको छ भने अहमदावाद र मेहसाणालगायतका अन्य स्थानमा अर्धसैनिक बल तैनाथ गरिएको छ ।

पटेल समुदायलाई अति पिछडिएको समुदाय सरह आरक्षण माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि गुजरातमा सबै शिक्षणसंस्था बन्द गरिएको छ ।

आन्दोलनकारीले सवारी–साधन तोडफोड र आगजनी गरेपछि स्थानीय प्रशासनले मोबाइल र इन्टरनेट सेवासमेत बन्द गरेको छ ।

आन्दोनलनको नेतृत्व गरिरहेका २२ वर्षीय हार्दिक पटेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका समर्थक थप उग्र बनेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार पटेल समुदायले अहमदावादमा गरेको प्रदर्शनमा करिब एक लाख मानिसको सहभागिता रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गुजरातका मुख्यमन्त्री आनन्दीबेन पटेलले शान्ति कायम राख्न आह्वान गरेका छन् ।

गुजरातको कुल जनसंख्यामा पटेल समुदाय २० प्रतिशत हाराहारी रहेका छन् । हिराको व्यापार गर्ने पटेलहरु खेती किसानीमासमेत संलग्न छन् ।

सन् २००२ मा पनि गुजरातको धार्मिक दङगामा १,००० जना जति व्यक्तिको मृत्युभएको थियो । त्यसमा धेरै जसो मुश्लिमहरु मरेको थियो।



0 comments:

Like us

 

Search

 
Enjoy the site