Tuesday, August 11, 2015

स्याउ खाँदा हुने फाईदाहरु

0 comments


केही दिनअगाडिसम्म बजारमा २ सय ३० देखि २ सय ४० रुपैयाँमा कारोवार भइरहेको फुजी र झोले स्याउको मूल्यमा अहिले ८० देखि १ सय रुपैयाँसम्म गिरावट आएको छ। स्याउमा प्रशस्तै मात्रामा भिटामिन सी, क्याल्सियम, मिनरल्स, पोटासियम, फसफोरसजस्ता तत्वहरु पाइन्छ।

विभिन्न तत्वहरुले भरिपूर्ण स्याउ खाँदा स्वास्थ्यमा के के फाइदा छ त?

भिटामिन सी हुने हुँदा दाँत सेतो र स्वस्थ राख्न मद्दत गर्छ।

स्मरणशक्तिको सुरक्षा गर्छ। स्याउले सबै किसिमको क्यान्सर रोगको नियन्त्रण गर्न सहयोग गर्छ।

मधुमेह अर्थात चिनी रोग लाग्ने सम्भावना कम गर्छ। मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। बिहान उठ्नेवित्तिकै स्याउ खाँदा राम्रो हुने स्वास्थ्य विज्ञहरुको भनाई छ।

कोलेस्ट्रोल नियन्त्रण राख्न पनि स्याउ निकै उपयोगी मानिन्छ।

यसले मृगौलामा जम्न सक्ने पत्थरीको समस्याबाट पनि बचाउँछ।

स्याउले पाचन प्रणालीमा सहयोग गर्ने हुँदा कब्जियतको समस्याबाट पनि मुक्त गर्छ र पखालाको नियन्त्रण गर्छ।

अनावश्यक रुपमा तौल बढ्न नदिन पनि स्याउले मद्दत गर्दछ। 

कलेजो सफा राख्न सहयोग गर्छ। स्याउले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्दछ।
स्याउको सिजन सुरु भएसँगै बजारमा स्याउको मूूल्य सस्तिएको छ। नेपालमै उत्पादित स्याउ पनि केही दिनमै बजारमा आउने बल्खु फलफूल थोक बजारका व्यवसायीहरु बताउँछन्।

0 comments:

Like us

 

Search

 
Enjoy the site