Tuesday, August 11, 2015

ग्रिनकार्ड नेपाली बैंकर सर्वसाधारणको करोडौं ठगेर अमेरिकामा मस्ती गर्दै

0 comments
काठमाडौं – विदेशमा स्थायी बसोबास अनुमति लिएर सरकारी सेवामा कार्यरत कर्मचारहरु धमाधम राजीनामा दिन थालेका छन् । सरकारले बर्खास्तीको तयार गरेपछि निजामति तथा प्रहरीमा डिभी र पिआरधारीहरुको राजीनामाको लहर चलेको छ ।


सरकारी मात्र होइन, निजी क्षेत्रमा पनि डिभी , पिआर र ग्रिनकार्डमाथि प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता देखिएको छ । अमेरिकाको ग्रिनकार्ड भएकै आधारमा एक नेपाली बैंकर सर्वसाधारणको करोडौं ठगेर यतिबेला अमेरिकामा मस्ती गर्दै आइरहेका छन् । क्यापिटल मर्चेन्ट एण्ड बैंकिङका तत्कालीन सञ्चालक पवनजंग कार्की नेपालमा मोस्ट वान्टेड छन् । फाइनान्समा रहँदा व्यापक हिनामिना गरी उनले संस्थालाई नै संकटमा पारेका थिए । तर, पनि अमेरिकाको ग्रिनकार्ड भएकाले उनले सजाय भोग्नुपरेको छैन । अनुसन्धान सुरु भएलगत्तै उनी ठगेको पैसा लिएर अमेरिका भागेका थिए ।

अमेरिका यस्तो देश हो जहाँ स्रोत नखुलाईकन जति पनि पैसा लैजान पाइन्छ । तर, अमेरिकाबाट अन्य देशमा दश हजार डलर मात्र पठाउनुपर्यो भने पनि त्यसको अनुसन्धान हुन्छ । अमेरिकाको त्यही नीतिको फाइदा उठाएर कार्कीले ठगीको पैसाबाट अमेरिकामा डिपार्टमेन्ट स्टोर चलाउँदै आएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ । श्रोत साभार रतोपाटी

0 comments:

Like us

 

Search

 
Enjoy the site