Tuesday, August 11, 2015

जहाजको बाटोमा तगारो बनेको कोटेश्वर चोकको घर तिन महिनाभित्र भत्काउन निर्देशन

0 comments

काठमाडौं,साउन २५–ब्यवस्थापीका संसदको विकास समितीले जहाजको बाटोमा तगारो बनेको कोटेश्वर चोकमा निर्मित आठतले सिटी टावर सहितका घर तिन महिनाभित्र भत्काउन सरकारलाई निर्देशन दिएको छ । समितीको सोमवार बसेको बैठकले यस्तो निर्देशन दिएको हो।
त्यस्तै बैठकले विमानस्थलभित्रको व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न, २४सै घन्टा सरसफाइमा ध्यान दिन तथा आन्तरिक सजावट र सौन्दर्यमा अभिवृद्धि गरी नमुना विमानस्थल बनाउन गरी काम थाल्न पनी निर्देशन दिएको छ । त्रिभुवन विमानस्थलको स्तरोन्नति र गुणस्तर बारे चासो राख्दै समितीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सचिव लगायतका पदाधिकारी सँग छलफल गरेको थियो । बैठकमा अधिकांश सभासद्हरूले पर्यटकको पहिलो प्रभाव पर्ने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र गुणस्तर अभिवृद्धिलाई विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका थिए । सभासद्हरू रामचन्द्र पोखरेल, वैजनाथ चौधरी, रामकुमार भट्टराई, जनार्दन ढकाल, सीता गिरी ओली, तुलसा राना, आङ्टावा शेर्पालगायतले विमानस्थलको आन्तरिक व्यवस्थापनलाई सुधार गरी सेवालाई चुस्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । बैठकमा पर्यटन मन्त्री कृपाशुर शेर्पाले विमानस्थलको स्तारोन्नतितर्फ जमिनमुनिको पार्किङको काम ८० प्रतिशत सकिएको जानकारी दिँदै जमिनमुनि पार्किङ र माथि सरकारी कार्यालय राख्ने योजना रहेको जानकारी दिए । श्रोत साभार रतोपाटी

0 comments:

Like us

 

Search

 
Enjoy the site